News Portal

  • काठमाडौंका स्थानीयले गुठी हडपेर बनाउन थालिएको संरचना यसरी भत्काए (भिडियोसहित)

    काठमाडौं, ५ साउन
    ६८७ पटक
    काठमाडौं, ५ साउन

    काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी भवन संरचना बनाउन लागेका थिए ।

    शनिवार बिहान ८ बजे पचली भैरव गुठीका परिवारले नेवार समुदायको सहयोगमा उक्त संरचना भत्काएर हटाएका हुन् । उक्त ठाउँमा केही जनप्रतिनिधिहरुकै सम्लग्नतामा भवन बन्न लागेको थियो । अहिलेका लागि विद्यालयले प्रयोग गर्ने गरी भवन बनाउन लागेको भनिए पनि अन्ततः त्यो जग्गा दलालहरुले बेच्न लागेको गुठियारहरुको भनाई छ ।

    महानगरका मेयरदेखि जनप्रतिनिधि र प्रशासनलाई धेरै पटक खबर गरी सहयोग मागिए पनि कुनै सुनुवाई नभएपछि गुठियारले आफ्नो समुदायसँग सहयोग मागेर त्यहाँ बन्न लागेको संरचना तोडफोड, आगजनी गरी हटाएका हुन् । गुठीका सदस्य परिवारले त्यहाँ भवन बनाउने भनेर खनिएको जग, त्यसमा भवनको फाउन्डेसन, पिलर उठाउन लगाइएका रडहरु सबै भत्काएका छन् । पिलरका लागि उठाइएका रडहरु सबै मेसिन लगाएर काटेका छन् ।

    गुठिका सदस्यहरुले शनिवार स्थानीय समुदाय, नेवार समुदायका अधिकारकर्मीहरु, अन्य गुठीका सदस्यहरु सबैलाई बोलाएर भवन बनाउन लागिएको ठाउँमा कार्यक्रम गरेका थिए । कार्यक्रममा नेवार समुदाय भित्रका गुठी, सम्पदा प्रेमी र समुदायको अधिकारका लागि काम गरिरहेकाहरु सबै जम्मा भएका थिए ।

    कार्यक्रममा सबै समुदायका प्रतिनिधि र अगुवाहरुले आ–आफ्नो धारणा राखे । गुठीको जग्गा हडप्न भूमिमाफियाहरु कसरी लागेका छन भन्ने बारे सबैले बताए । उनीहरुले समुदायलाई जागरुक हुन आह्वान पनि गरे । उनीहरु समुदायले सयौ वर्षदेखि संरक्षण गर्दै आएका गुठी र अन्य सार्वजनिक सम्पतिहरु पनि नष्ट गर्न कदापी नदिने बताए । उनीहरुले त्यसका लागि सबै समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा काठमाडौं महानगर पालिका वार्ड नं. १२ का वडा अध्यक्ष विकास डंगोललाई पनि बोलाइएको थियो । सबैले कुरा राखेपछि अन्तिममा बोल्न लगाइएका वडा अध्यक्ष डंगोलले स्थानीयको भावना र आवाज विपरित आफ्ना व्यक्तिगत कुरा गर्न थालेपछि त्यहाँको माहोल तातियो । त्यसपछि कार्यक्रममा उपस्थित भएका सहभागीहरुले डंगोललाई सम्बन्धित विषयमा कुरा राख्न भन्दै केहीबेर होहल्ला पनि गरे । त्यसपछि पनि उनले कुरा छोएनन । उपस्थित समुदायले डंगोललाई खास विषयका बारेमा किन धारणा नराखेको भन्दै दवाव पनि दिए । केहीबेर सामान्य नारावाजी पनि भयो । तर, पनि उनले सो विषयमा धारणा दिन मानेनन् । स्थानीयले विरोध गरेपछि उनी आफ्नो भनाई टुंग्याएर कार्यक्रमस्थलबाट हिडे ।

    त्यसपछि आक्रोशित भएका समुदायले नजिकै रहेको पचली भैरव गुठीको जग्गामा बनाउन थालिएको संरचना तोडफोड गर्न थाले । त्यहाँ बनाउन थालिएको भवनको लागि ठड्याउन थालिएका पिलर, रड र इट्टाका फाउन्डेसन सबै भत्काए । पिलरका लागि लगाइएका रडहरु मेसिन लगाएर काटे । कार्यक्रमस्थलमा प्रहरी आए पनि प्रहरीले केही गर्न सक्ने अवस्था थिएन । प्रहरीले पनि स्थानीयको विरोधमा कुनै प्रतिक्रिया जनाएन ।

    पचली भैरवमा रहेको महेन्द्र सरस्वति सामुदायक विद्यालयका प्रधानाध्यापकले महानगरपालिकाका मेयर र वडा अध्यक्षले नै स्वीकृति दिएर उनीहरुकै छलफलपछि त्यहाँ संरचना बनाउन सुरु गरेको बताउँछन् । तर, उनी आफूसँग कुनै लिखित स्वीकृति पत्र भने नभएको बताउँछन् । गुठीयारहरुले भने यो सबै षडयन्त्रपूर्वक आफ्ना पुर्खाहरुले आर्जेको गुठीको जग्गा हडप्ने दाउ रहेको बताउँछन् । पचली भैरव गुठीका गुठियारहरु उक्त जग्गाको लालपुर्जा गुठीका सदस्यहरुको नाममा रहेको छ । तर, जग्गाधनी गुठियारहरुसँग पनि कुनै छलफल र जानकारी नै नदिई जवरजस्त भवन संरचना बनाइनुले यसमा ठूलै शक्तिको संरक्षण रहेको पनि उनीहरु बताउँछन् ।

    हाल भवन बनाउन थालिएको ठाउँमा पहिला पोखरी रहेको थियो । तर, अहिले त्यहाँ पोखरी छैन । त्यो पोखरी सुकेपछि विद्यालयले बालबच्चालाई खेल्ने चौरका रुपमा उक्त पोखरी क्षेत्र उपयोग गरेको थियो । गुठियारहरुले पनि विद्यालयले बालबच्चाका लागि खेल्ने चौरका रुपमा प्रयोग गरेका कारण केही भनेका थिएनन । तर, अहिले गुठियारसँग कुनै सोधपुछ नै नगरी पक्की भवन संरचना बनाउन थालिएपछि उनीहरु विरोधमा उत्रेका हुन् ।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गा, गुठीका जग्गाहरु मिच्ने, नक्कली कागजात बनाएर यसैगरी हडप्ने र बिक्री गर्ने काम भइरहेको छ । यस्तो काममा राजनीतिक नेताहरु पनि सम्लग्न रहेको बेलाबेलामा चर्चा आउने गरेको छ । काठमाडौंको बालुवाटार, खुलामञ्च, ठमेलको छाया कम्प्लेक्स लगायत ठाउँमा सार्वजनिक र गुठीका जग्गाहरु बेचिएका छन् ।

    यसअघि पचली भैरव गुठीका गुठियारहरु वडा अध्यक्षदेखि काठमाडौंं महागरपालिकाका मेयरसँग पनि पुगेका थिए । उनीहरुले यसरी निजी गुठी र सार्वजनिक सम्पतिमाथि हस्तक्षेप गरिएको भन्दै पहल गर्न अनुरोध पनि गरेका थिए । तर, उनीहरुले यसबारे खासै चासो नदेखाएको गुठियारको भनाई छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, १२ नम्बर वडाका अध्यक्ष विकास डंगोल लगायतले यसमा केही पनि पहल नगर्नु र स्थानीयवासीका सामु त्यस विषयमा कुनै कुरा नबोल्नुले यसमा केही रहस्य रहेको अधिकारीकर्मीहरु बताउँछन् ।

    यतिसम्म पनि भयो कि एकपटक स्थानीयवासीले १२ नम्बर वडाका अध्यक्षसँग पुग्दा उनले विकास गर्न यस्ता भवनहरु बनाइएको जवाफ दिएका थिए । स्थानीयले भने विकास गर्नलाई सम्पदाहरु मास्ने, समुदायको सामूहिक हितका लागि प्रयोग हुँदै आएका जग्गा र संरचनाहरु नै बेच्नेसम्मका काम गरेर कस्तो विकास गर्न खोजेको हो भन्ने प्रश्न गरेका थिए ।

    वडा अध्यक्षले त्यस खालको जवाफ दिएपछि स्थानीयवासी काठमाडौं महानगरपालिकाका अध्यक्ष विद्यासुन्दर शाक्यलाई भेटन उनकै निवासमा पुगेका थिए । उनीहरुले आफ्ना पुर्खाले आर्जेको सम्पति कदापी हडप्न नदिने भन्दै पहल गरिदिन महानगरका मेयरलाई आग्रह गरे । उनीहरुले गुठियारहरुसँग कुनै सल्लाह, सोधपुछ केही पनि नगरी, कुनै नक्सा पास पनि नगरी गुठीको जग्गामा किन भवन बनाइएको हो भन्ने ध्यानाकर्षण पनि गराए । स्थानीयको त्यो गुनासो सुने पनि मेयर शाक्यले पनि कुनै भूमिका खेलेनन । त्यसपछि गुठियारहरु नेवार समुदायका अगुवा अधिकारकर्मी सबैलाई सहयोग गरिदिन अनुरोध गरे । पछिल्लाे समय राजधानीमा नेवार समुदायकाे संस्कृतिमाथि एकपछि अर्काे गरी धमाधम हस्तक्षेप हुन थालेकाे भन्दै समुदायका अगुवाहरु चिन्तित छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

    https://www.facebook.com/1908604156075058/videos/423399828386941/

    प्रतिकृया दिनुहोस्

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी...

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व...

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४...

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली...