News Portal

  • रामेछापको साँघुटारमा भीषण आगलागी

    ५८२ पटक

    रामेछाप, ९ साउन । रामेछापको रामेछाप नगरपालिका -३ स्थित साँघुटार बजारमा भीषण आगलागी भएको छ ।

    वर्षाको मौसममा समेत आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् । विहान करिब ७ बजेबाट लागेको आगो नियन्त्रणमा लिन गाह्रो भएपछी स्थानीय आतंकित बनेका छन् ।

    स्थानीय राजन सुबेदीको घरमा विद्युत सर्ट भएपछि आगलागी भएको स्थानीय शिक्षक अनिरुद्र सुबेदीले बताए । सुबेदीका अनुसार राजन सुबेदीको घरबाट शुरु भएको आगो छिमेकी घरहरुमा पनि सल्किएका छन् । स्थानीय अंकित श्रेष्ठ, नवीन बुढाथोकी, कुमार थापा र अनिस थापाका घर समेत जलेको उनले जानकारी गराए ।

    स्थानीय बैंकको उपलब्ध आगो निभाउने सिलिन्डरको भरमा आगो नियन्त्रणको प्रयास भैरहेको बताइएको छ ।

    अपडेट : उक्त आगलागी नियन्त्रणमा आएको जिप्रका रामेछापले बताएको छ । आगलागीबाट ठूलो धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षती नभएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...