News Portal

  • राजसंस्थालाई भूमिका दिन मङ्सिर सम्मको म्याद

    काठमाडौं, १० साउन
    ६०९ पटक
    काठमाडौं, १० साउन

    स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो ।

    समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गराउनको लागि विभिन्न खबरदारी सभाहरु गर्दै आएको पनि सुनाए । २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाए । उनले भने,‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’

    उनले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पूनस्र्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउने मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

    सभामुख कृष्णबहादुर महरालाई बुझाएको उक्त ज्ञापनपत्रमा ‘देशको पहिचान हिन्दु अधिराज्य, राष्ट्रिय अखण्डता, स्वाधीनता, देशको धर्म, सँस्कृति, भेगीय, क्षेत्रिय, आधुनिकता र परम्परागत संयोजनले मात्र नेपालको सार्वभौम सत्ता सुरक्षित गर्ने गराउने काम नेपालको शाह वंशीय राजसंस्थाले गरिआएको र एक्काइसौं शताब्दीमा लोकतन्त्र भनेपनि विश्वव्यापी मान्यता सबैले फुल्न र फल्न पाउने व्यवस्थालाई नै लोकतन्त्र भनी बुझिआयौं ।’ भन्ने कुरा उल्लेख रहेको छ ।

    जारी विज्ञप्तीमा भनिएको छ,‘हामीले ज्ञापनपत्र बुझाएको यत्तिका समय हुँदापनि सुनुवाई भएन र हामीले गर्दै आएको खबरदारी सभा त देशभरि जारी रहीरहने छ र अबको ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौं । सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन ।’

    नेपाली जनताले २००७ सालमा आन्दोलन गरेको, ०३६ सालको जनमत संग्रहमा भाग लिएको, ०४६ सालको आन्दोलनमा सहभागी भएको, ०५२ सालको शसस्त्र द्वन्द्वमा पनि भाग लिएको र त्यसैगरी ६२÷६३ को आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएको भएपनि आखिरीमा जनताले के पाए त ? भनेर समाजले प्रश्नसमेत उठाएको छ । त्यस्तै, नेपालका राजनीतिक पार्टीहरु विदेशी प्रभावमा परेर आफ्नो मौलिक पहिचानपनि नामेट गर्ने कोसिस भैराखेको समाजको आरोप छ ।

    विज्ञप्तीमा भनिएको छ,‘नेपालमा जनै लगाउने र नलगाउने गरी ओमकार परिवार ९४% प्रतिशत बसोबास गर्छन् । हामीले विश्वको एकमात्र हिन्दु अधिराज्य नेपालमा शाहवंशीय राजसंस्थालाई भूमिका देउ र प्रजातान्त्रिक पद्धतीमार्फत राजनीतिक पार्टीहरुले प्रतिस्पर्धा गर्ने हो, भन्ने उद्देश्यले हामीले खबरदारी सभा गरेका हौं । १०४ वर्षको जहाँनीयाँ राणा शासन अन्त्य गर्न राजा त्रिभुवनले गद्दी र श्रीपेचको बाजी राखी जनतासँग सहभागी भई प्रजातन्त्र प्राप्ति गरेको इतिहास हाम्रो सामु जीवितै छ । भोली गएर राजनीतिक पार्टीहरुको विरुद्ध नागरिक समाज, नेपाली जनता र परम्परागत शक्ति मिलेर हामी तेश्रो जन आन्दोलन गर्न बाध्य हुनेछौं । जुन निर्णायक हुनेछ ।’

    कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको टिप्पणी गरे । उनले भने,‘देश बिगार्नेहरुलाई हामीले कारबाही गर्न सकेको भए देश र जनताले अहिले यसरी दुःख पाउने थिएनन् । हाम्रा चेलीहरुले कंगोलगायतका अफ्रिकी देशमा गएर नाँच देखाएर विदेशीहरुलाई मनोरञ्जन दिनुपर्ने थिएन् ।’

    केसीले राजसंस्थालाई राजाको वरिपरि घुम्ने र विदेशमा अरवौंको सम्पत्ति लगेर थुपार्नेहरुले नै गर्दा आज राजाको यो अवस्था आएको टिप्पणी गरे । त्यस्तै उनले नेपालमा धर्मनिरपेक्षता कसरी आयो भन्ने कुरा ? तत्कालिन् जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिहरुले नै थाहा नभएको अभिव्यक्ति दिएको स्मरण गराउँदै भने,‘अरु त कुरै छोडौं, नेपाली कांग्रेसका तत्कालिन प्रमुख सचेतक लक्ष्मण घिमिरेले धर्मनिरपेक्षता कहाँबाट आयो भन्ने कुरा थाहा नभएको भन्नुभयो ।’

    कार्यक्रममा अर्का वक्ता प्रेमी कैदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न नेपाली जनता उठ्नुपर्ने बेला आईसकेको बताए । पूर्व महालेखापरीक्षकले नै नेपालमा अहिले तीन खर्ब भ्रष्टाचार रहेको भनेर बोलेकोले अहिलेसम्म भ्रष्टाचारीहरुलाई कारबाही नभएकोमा आक्रोश पोखे । उनले भने,‘अहिले सरकारले सिंहदरबार बेच्यो, टुँडिखेल बेच्यो, राजदरबार बेच्यो । पार्क बेचिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...