News Portal

  • ७५ दिनमै कक्षा १२ को परीक्षाफल : सोमवार प्रकाशनको अन्तिम तयारी

    संजीप शुभचिन्तक भक्तपुर, १३ साउन
    ९४२ पटक
    भक्तपुर, १३ साउन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने कार्य सोमवार दिउसो सम्म सकिने अपेक्षा गरिएको छ । ”नतिजा प्रकाशनका लागि अहिलेसम्म बोर्ड बैठक बोलाइसकिएको भने छैन ।तर, कम्युटरले ओके भन्नासाथ बैठक बोलाउने तयारी रहेको छ ।” श्रोतले भन्यो ।

    श्रोतका अनुसार बोर्ड बैठक सोमबार बोलाइने प्रवल सम्भावना छ यद्यपी यो नै अन्तिम डेट लाइन भने होइन, सोमवार बैठक नबोलाइए परीक्षाफल मंगलवार दिउसो प्रकाशन गरिनेछ ।

    परीक्षा बोर्डले गत वर्ष झैँ यस पटक पनि कक्षा १२ का सबै विषयको परीक्षाफल एकै पटक प्रकाशित गर्नेछ । प्राडा चन्द्रमणि पौडेल रास्ट्रिय परीक्षा बोर्डका अध्यक्ष र कृष्ण शर्मा परीक्षा नियन्त्रक भए देखि सबै विषयको एकसाथ परीक्षाफल प्रकाशन हुन थालेको हो । त्यतिमात्र होइन, पहिले परीक्षा भएको ५/६ महिना पछि मात्र परीक्षाफल प्रकाशन हुने गरेकोमा यसपटक परीक्षा सकिएको करीव ७५ दिनमै परीक्षार्थीहरुले परीक्षाफल प्राप्त गर्ने भएका छन ।

    शर्मा परीक्षा नियन्त्रक भएपछि गत वर्ष पनि इतिहासमै सवैभन्दा छिटो ८१ औं दिनमा परीक्षाफल प्रकाशन गरिएको थियो । यस पटक त्यो समय पनि ब्रेक गर्दै ७५ दिनमै परीक्षाफल प्रकाशन हुन थालेको हो । रास्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल लगायत बोर्डका पदाधिकारीहरुको निर्देशन र सहयोगले सबै विषयको एकसाथ र समयमै परीक्षाफल प्रकाशन सम्भव भएको नियन्त्रक शर्माले बताउदै आएका छन् ।

    गत बैशाख १६ देखि संचालन भई २८ गते सम्पन्न कक्षा १२ को परीक्षामा करीब ४ लाख ३६ हजार परीक्षार्थीहरु सामेल भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...