News Portal

  • जनयुद्धका कमान्डरलाई १० वर्षको जेल सजाय

    भक्तपुर, १३ साउन
    ७११ पटक
    भक्तपुर, १३ साउन

    माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो ।

    यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक अदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

    सैनिक अदालतले जेल सजायको फैसला गरे लगत्तै गुरुङ जेल चलान भएका छन् ।

    नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो । उनी हतियार सहित विद्रोह गरी माओबादी विद्रोहमा सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...