News Portal

  • अपराधी समात्नु पर्ने ५ प्रहरी आफैं समातिए

    भक्तपुर, १६ साउन
    ९६९ पटक
    भक्तपुर, १६ साउन

    काभ्रेमा कार्यरत ५ प्रहरी नै पक्राउ परेका छन् । अरुलाई पक्राउ गर्नपर्ने प्रहरीलाई नै अख्तियारले पक्राउ गरेको हो । घुस खाएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ हवल्दारसहित ५ जनालाई घुसको रकमसहित पक्राउ गरेको बताइएको छ । उनीहरुलाई टिपर व्यवसायीसंग पैसा लिदालिदै पक्रिएको अख्तियारको दावी छ ।

    प्रति चेक पोस्ट प्रति टिपर महिनावारी मासिक २ हजार रुपियाँको दरले असुल्ने गरेको उजुरीको आधारमा अख्तियारको विशेष टोलीले छापा हान्दा उनीहरु सप्रमाण पक्राउ परेका बताइएको छ ।

    अख्तियारका अनुसार हवल्दार रामहरी मानन्धर, ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत प्रहरी जवान हरिप्रसाद बाँनियालाई टिपर चालकसँग २/२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

    त्यसैगरी पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि टिपरसँग मासिक २ हजार असुल्ने क्रममा अरनिको राजमार्गअन्तर्गत केराघारीबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।

    पक्राउ परेका प्रहरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...