News Portal

  • सिधा कुरा जनतासंगका रिपोर्टरसमेत रहेका पत्रकार पुडासैनी मृत अवस्थामा फेला

    चितवन, २१ साउन
    ५३८ पटक
    चितवन, २१ साउन

    रवि लामिछानेले संचालन गर्ने न्यूज–२४ टिभीको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । हाल केहि समय अघि मात्र न्यूज–२४ छोडेर माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका हुन्।

    चितवनको एक होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको हो । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलको एक कोठामा उनी झुण्डिएको अवस्थामा भेटिएका हुन्।

    सोमबार दिउँसो करिब ३ः३० बजेको समयमा उनी कङ्गारु होटलको कोठा लिएर बास बसेका थिए । कोठा नम्बर २०२ मा बास बसेका उनी खाना खान नआएपछि बोलाउन गएका होटलका कर्मचारीले जति गर्दा पनि ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

    खोजमुलक समाचारको रिपोर्टिग गर्ने पुडासैनीले बैदेशिक रोजगारका क्षेत्रदेखि हरेक विसंगती बिरुद्ध रिपोर्ट बनाएका थिए । उनको पछिल्लो रिपोर्ट हाइवेका होटलहरुमा हुने लूटको विषयमा केन्द्रित थियो । माउन्टेन टिभीमा उनी खोजमुलक कार्यक्रम ‘मिसन न्युज’का संचालक रहेका थिए ।

    नुवाकोट बेल्कोटगढी घर भै काठमाडौंमा कार्यरत पत्रकार पुडासैनी चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएपछि प्रहरीले थप अनुसन्धान थालेको छ । शव झुण्डिएको र भित्रैबाट ढोका लक भएकोले पनि आत्महत्या नै गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  पुडासैनीका आफन्त सम्पर्कमा आएपछि अनुसन्धानलाई सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...