News Portal

  • एकाबिहानै त्रिसूलीमा खस्यो यात्रुवाहक बस

    धादिङ, २४ साउन
    १३६२ पटक
    धादिङ, २४ साउन

    सर्लाहीबाट काठमाडौका लागि हिडेको बस त्रिसूली नदीमा खसेको छ । ना६ख ७४६९ नम्बरको बस त्रिसुलीमा खसेको हो ।

    बस नदीमा खस्दा ३ जनाको निधन भएको र १ दर्जन बढी घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । २० बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान गरिएको छ । बसमा कति यात्री थिए भन्ने यकिन भएको छैन ।

    बसको अधिकांश भाग पानीमा डुबेको र त्रिसूलीमा पानीको वहाव पनि अत्यधिक भएकाले उद्दारमा समस्या भएको बताइएको छ । उद्धार गरिएकालाइ विभिन्न अस्पताल पुर्याएर उपचार भैरहेको प्रहरीले जानकारी गराएको छ ।

    जिल्ला प्रहरी कार्यलाय धादिङका अनुसार उक्त बस धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सोलाङघाटबाट विहान करिब सवा ३ बजेको समयमा त्रिशुली नदीमा खसेको थियो।

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...