News Portal

  • इतिहास उल्ट्याउन खोज्नेलाई रछ्यानमा मिल्काइने प्रचण्डको चेतावनी

    काठमाडौँ, २५ साउन
    ८२२ पटक
    काठमाडौँ, २५ साउन

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेलाई रछ्यानमा मिल्काइने चेतावनी दिएका छन् । लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने भन्दै उनले यस्तो दुस्साहस गर्न खोज्नेलाई नछाड्ने चेतावनी दिएका हुन् ।

    शनिबार काठमाडाैंकाे बुद्धनगरमा पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयाेजना गरेकाे उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।

    आक्राेशित मुद्रामा प्रस्तुत भएका प्रचण्डले परिर्वतन अग्रगामी हुने जिकिर गर्दै पछाडि फर्किन प्रयास गर्नेहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याईने बताए ।

    उनले भने, “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”

    उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच , संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनका पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए ।

    उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवादी शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठुलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गरे ।

    उक्त कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणी पाेखरेल, पूर्व शिक्षामन्त्री गंगाधर तुलाधर एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी लगायतले सम्वाेधन गरेका थिए भने कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व, यस वर्षकाे एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी र संगठनमा लामाे समय याेगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...