News Portal

  • प्रचण्डको बदनाम गर्नेहरुलाई कारवाहीको माग

    भक्तपुर, २८ फागुन
    ११३७ पटक
    भक्तपुर, २८ फागुन

    काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ ।

    केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र दिवंगत प्रकाश दाहालको नाममा दुबईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएको थियो । उक्त समाचार गलत रहेको दाबी गर्दै प्रचण्डको स्वकीय सचिवालयले प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको भए प्रमाणित गर्न चुनौती दिएको छ।

    प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा प्रतापको नाममा मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवलायले यसलाइ प्रचण्डका विरुद्ध भइरहेको षड्यन्त्रका रुपमा अर्थ लगाएको छ । विज्ञप्तिमा भनिएको छ, “क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्। दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।”

    यसअघि प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर पनि सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणीहरु बाहिर आएका थिए । ती टिकाटिप्पणीहरुप्रति पनि सचिवालयले आपत्ती जनाएको छ । त्यसलाई सचिवालयले ‘कुत्सित मनसाय भएका व्यक्तिहरुले प्रचण्डलाई बदनाम गर्न षडयन्त्रपूर्वक गरेको भ्रामक प्रचार’ भनेको छ । साउन १४ गते प्रचण्ड परिवारसहित दुबईको भ्रमण गरेका थिए। सञ्चार माध्यममा प्रचण्ड छोरा प्रकाश दाहालको नाममा दुबईको बैंकमा रहेको रकम व्यवस्थापन गर्न गएको आरोप लगाइएको थियो ।

    विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं। षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।’

    यस्ताे छ प्रचण्डकाे सचिवालयले निकालेकाे विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...