News Portal

  • घरबेटी महिलालाई जबर्जस्ती गरेको आरोपमा एक डेरावाल पक्राउ

    काभ्रे, २९ साउन
    ९५९ पटक
    काभ्रे, २९ साउन

    काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एक पटक जबर्जस्ती गरेका लामाले पटक पटक सोही अपराध गरेको आरोप लागेको छ । उनले अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।

    पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेको सहन गर्न नसकी महिला प्रहरी कार्यालय पुगेपछी लामा फरार थिए । उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी सोही नगरपालिकाका ५७ वर्षीय इमानसिं तामाङ पनि जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । गत असार १३ गते बिहान बारीमा मकै गोड्न बोलाइ उनले स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरी फरार रहेकोमा हाल पक्राउ परेका काभ्रे प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...