News Portal

  • शिक्षाको राजधानी सानोठिमी आएर मन्त्री पोखरेलले भने – इन्द्रधनुषी सपना ओइलाउन दिनु हुँदैन

    - संजीप शुभचिन्तकभक्तपुर, ३० साउन
    १३५२ पटक
    भक्तपुर, ३० साउन

    शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे ।

    हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बोर्डको आकस्मिक अनुगमन गरेका छन् । आफ्नो सचिवालयको दलबलसहित पुगेका मन्त्रीले बोर्डको कामकाज बारे अनुगमन गरेका हुन् ।

    गत साउन १२ गते आइतवार बोर्डको गतिविधि अवलोकन गरेर गएका मन्त्री अकस्मात फेरि आएपछि बोर्डका पदाधिकारी र कर्मचारीलाई मन्त्रीको स्वागत गर्ने चटारो परेको थियो ।

    मन्त्री पोखरेलले करिव डेढ घण्टा सानोठिमीमा बिताए । यो बीच उनले परीक्षा बोर्डको काम बारे मात्र नभई कर्मचारीका व्यक्तिगत र सांगठनिक समस्या पनि चासो दिएर सुनेका थिए ।

    सामान्यत : मन्त्री अनुगमनमा आउदा कर्मचारी आत्तिने गरेकोमा मन्त्री पोखरेलको सरल व्यवहारले कर्मचारीले आफ्नै अभिभावक आए जस्तो लागेको प्रतिक्रिया दिए । मन्त्री १८ दिनमै दुइ पटक बोर्डमा आउदा असजिलो लागेको छैन भन्ने प्रश्नमा कर्मचारीहरुले मन्त्रालयको मन्त्री नै आफ्नो काम हेरिदिन आफ्नै कार्यालयमा आएपछि किन अप्ठ्यारो मान्ने भन्दै प्रतिप्रश्न गरे । नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रकाश अवाले मन्त्री आफ्नो कार्यालयको अनुगमनमा आउदा झन् काम गर्ने जागर बढ्ने बताउछन । यसले मन्त्रालय र कार्यालयको दुरी घटाउने र अपनत्व बढाउनेमा उनको विश्वास छ ।

    मन्त्रीको अनुगमन किन
    कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले भदौ १ देखि संचालन गर्ने ग्रेड वृद्धि सम्बन्धी पुरक परीक्षाको विषयमा जानकारी लिन मन्त्री पोखरेल परीक्षा बोर्ड पुगेका थिए । परीक्षालाई थप स्तरीय, विस्वस्नीय र प्रभावकारी बनाउन यस अघि निर्देशन दिएर गएका मन्त्रीले आफ्नो निर्देशनको पालनाबारे बुझ्न आकस्मिक अनुगमन गरेको उनका स्वकीय सचिव पुरन केसीले प्रष्ट पारे । मन्त्री पोखरेल उनका सल्लाहकार जीवन गौतम, स्वकीय सचिव पुरन केसी र उनी निकट उपसचिव इन्द्रमणि पोखरेल सहित अनुगमनका पुगेका थिए । उनले पुरक परीक्षाको तयारीका बारेमा परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल, सदस्य सचिव दुर्गा अर्याल त्यसैगरी माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक रामराज खकुरेल लगायत गोप्य शाखाका अन्य कर्मचारीहरु संग जानकारी लिएका थिए ।

    एसइइलाई मन्त्रीको महत्व किन

    पुरानै मौका परीक्षाको झल्को दिने गरि बोर्डले ग्रेड वृद्धिको सूचना गरेपछि मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचना सच्याउन निर्देशन दिइएको थियो । पहिलो सूचनामा दुई बिषयमा मात्र ग्रेड वृद्धिको अवसर दिइए पछि मन्त्रालयले अनुशरण गर्न खोजेको परीक्षा प्रणालीमाथि नीतिगत प्रश्न उठेको थियो ।

    मन्त्रालयले अक्षराङ्कन पद्धतीको कार्यविधिमा सबै विषयमा ग्रेड वृद्धिको अवसर उपलब्ध गराउने व्यवस्था भएपनि पहिलो सूचनामा दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर दिइएपछि सूचना संशोधन गर्न मन्त्रालयले निर्देशन दिनुपरेको थियो ।

    उक्त विषयलाई लिएर कतिपयले सबै बिषयको परीक्षा लिन प्रशासनिक कठिनाइ हुने र त्यो नहुने कुरा भएको भन्दै आलोचना गरेका थिए । त्यतिमात्र होइन, आफ्नो ग्रेड वृद्धिमा चित्त नबुझेका सबैले ग्रेड वृद्धिको लागि आवेदन दिनसक्ने भएकोले यसले परीक्षामा भद्रगोल ल्याउने केहि मानिसको आरोप थियो ।

    मन्त्री पोखरेल र उनको टिम भने नीति नियमको पालना गर्न र विद्यार्थीलाई मौका दिने बिषयमा कन्जुस्याई नगर्न अडिग बनिरह्यो । गत वर्ष पनि सबै विषयमा ग्रेड वृद्धिको अवसर दिइएको थियो ।

    सबै विषयमा मौका दिन नसकिने भनाइ राख्ने माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको अवस्था छ । यसर्थ पनि मन्त्री पोखरेल एसइइको पुरक परीक्षा प्रति बढी चासो देखाइरहेका श्रोतको दावी छ ।

    कार्यविधिमा के छ ?
    अक्षराङ्कन पद्धती कार्यान्वयन कार्यविधि- २०७२ चौथो संशोधन सहित लागू छ । पाठ्यक्रम विकाश केन्द्रले बनाएको र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भएको यो कार्यविधिको परिच्छेद ३ मा ग्रेड वृद्धि सम्बन्धी व्यवस्था गरिएको छ ।

    ३.१.३.४(ख) अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा(कक्षा १०) मा सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुनसक्ने स्पष्ट व्यवस्था छ । त्यसमा विषय संख्याको सीमा तोकिएको छैन ।

    ”बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीले पनि सोही ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् । तर दुई विषयभन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थी वा आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न चाहने पुराना परीक्षार्थीहरूलाई बढीमा ३ वर्षसम्मका लागि वार्षिक परीक्षामा ग्रेड वृद्धि गर्ने अवसर उपलब्ध गराइने छ ।” कार्यविधिमा भनिएको छ ।

    कस्तो छ परीक्षाको तयारी

    मन्त्री गिरिराजमणि पोखरेललाई परीक्षा बोर्डका अध्यक्ष, सदस्य-सचिव तथा परीक्षा नियन्त्रकले परीक्षाको तयारीका बारेमा जानकारी गराएका छन् । उनीहरुका अनुसार सबै तयारी सोचे जस्तै गरी पुरा गरिएको छ ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पुरक परीक्षामा करिब डेढ लाख परीक्षार्थी सामेल हुदैछन । परीक्षाको लागि आवस्यक प्रश्न पत्र  जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयमा पुर्याइ सकिएको उनले जानकारी गराए । खकुरेलका अनुसार परीक्षाका लागि ३ सय ६ परीक्षा केन्द्र कायम गरिएका छन् । जिल्लामा परीक्षार्थीको संख्या अनुसार परीक्षा केन्द्र कायम गरिएको हो । उनले सबैभन्दा बढी परीक्षार्थी ६ हजार ९ सय ७१ जना कैलालीबाट सामेल हुने बताए । कैलालीमा १२ वटा परीक्षा केन्द्र कायम गरिएको उनको भनाइ छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मनत्रालयको असार २० गतेको पत्रका आधारमा पुरक परीक्षाको पहिलो सूचना सच्याउदै परीक्षा मिति सारिएको थियो ।

    २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको सबै विषय परीक्षा दिन पाउने,बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने व्यवस्था सहित बोर्डले भदौ १ गतेदेखि पुरक परीक्षा संचालन गर्दैछ ।

    के भन्छन मन्त्री

    मन्त्री गिरिराजमणि पोखरेलले सबै विद्यार्थी आफ्नो लागि आफ्नै छोराछोरी जस्ता भएका भन्दै उनीहरुको परीक्षा सम्बन्धी काम गर्दा आफ्ना छोराछोरीलाई सम्झेर गर्न भावुक बन्दै निर्देशन दिए । उनले विद्यार्थीमा इन्द्रधनुषी सपना हुने स्मरण गराउदै त्यो सपना झर्न दिन नहुने तर्क गरे । परीक्षाले उनीहरुको सिकाई मूल्यांकन गर्ने हुनाले यसलाई हल्का ढंगमा लिन नहुने उनको टिपणी थियो । उनले परीक्षासम्बन्धी काम हतारमा गरेर फुर्सदमा पछुताउने भन्दा क्यालेन्डर बनाएर अघि बढ्नपर्नेमा जोड दिँदै गल्ति हुने ठाउँमा रोकिएर निश्चिन्त भएपछि मात्र अघि बढ्नुपर्ने बताए । परीक्षा संचालन, उत्तर पुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन सम्म सम्भावित गल्तिहरुलाई सतर्कतापूर्वक लिएर समाधान गर्नुपर्ने भन्दै उनले छातीमा हात राखेर आफ्नै छोछोरीको परीक्षा लिइरहेको महसूस हुने गरी काम गर्न निर्देशन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...