News Portal

  • सिधा कुराका चर्चित पत्रकार रवि लामिछाने पक्राउ

    १०४४ पटक

    काठमाडौं । प्रहरीले चर्चित पत्रकार रवि लामिछानेलाइ पक्राउ गरेकाे छ । काठमाडाैंकाे पानीपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै उनी पक्राउ परेका हुन् । प्रहरीले रवी सहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ चितवन लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    पत्रकार पुडासैनी प्रकरणमा जाेडिएकी नर्स अस्मिता कार्की पक्राउ परेकाे केही घन्टामै प्रहरीले रविलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले प्रकाउ गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको न्युज २४ ले जनाएको छ । पक्राउपछि पौने नौ बजेको उक्त कार्यक्रम अवरुद्ध भएको पनि टेलिभिजनले जनाएकाे छ ।

    पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा तीन वटै जनाको नाम लिएका थिए । पक्राउ परेका रवी, युवराज र अस्मितामाथि अब प्रहरीले अनुसन्धान अघि बढाउने छ । पक्राउ परेका रवी माथिको अभियोग पुष्टी भए यस्तो सजाय हुने छ ।

    यदि उनीमाथि लागेकाे अाराेप प्रमाणित भए यस्तो छ कानूनी व्यवस्था :

    मुलुकी अपराघ(संहिता) ऐन,२०७४ मा आत्महत्याका लागि कुनै पनि प्रकारकाे दुरुत्साहनलाई फाैजदारी कसुर मानेकाे छ।

    ऐनकाे भाग २ काे परिच्छेद-१२ (ज्यान सम्बन्धि कसुर) अन्तर्गत घारा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने :

    (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (स्पस्टिकरण-उपयुक्त कानुन नागरिकहरुका लागि मात्रै लागू हुने र भगवान/परमात्मा वा दैवियशक्तिका हकमा लागू नहुने)

    नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

    यसरी पाेलेका थिए पत्रकार पुडासैनीले रवि लामिछानेसहित ३ जनालाइ

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...