News Portal

  • १८ महिनापछि एक हप्ता प्रचण्डको एकल अध्यक्षतामा नेकपाको बैठक बस्ने

    भक्तपुर, ५ भदौ
    ११९९ पटक
    भक्तपुर, ५ भदौ

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको हो ।

    यस अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक चलाउन सक्ने भूमीका पाएका थिएनन ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा विहीवार नै स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुर जाने भएपछि एकताको बाँकी काम पूरा गर्न भन्दै सचिवालय बैठकले अध्यक्ष रचंद एक्लैले पनि पार्टी बैठक संचालन गर्नसक्ने निर्णय गरेपछि पार्टी अध्यक्ष भएको १८ महिनापछि प्रचण्डले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा करिब १ साता रहने र यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय प्रचण्डको नेतृत्वमा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरे ।

    नेकपाले आफ्ना प्रवास कमिटी, छ महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउन बाँकी छ । अब उक्त कार्य अध्यक्ष प्रचण्डको नेतृत्वमा संचालन हुने बैठकले टुंगो लगाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...