News Portal

  • रवि नछुटेको आक्रोस प्रहरीमाथि पोखियो : डीएसपी सहित ७ प्रहरी घाइते

    चितवन, ८ भदौ
    १३६३ पटक
    चितवन, ८ भदौ

    तस्वीर: नारायणी अनलाइन

    दिनभर शान्त देखिएको चितवन साँझ पर्ना साथ् अशान्त बनेको छ । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछाने छुट्ने आसमा बसिरहेको उनका समर्थकले उनी नछुटे पछि आक्रोस देखाउदा चितवन अशान्त बनेको हो ।

    लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा एक डिएसपी सहित आधा दर्जन प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । डिएसपी एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएका हुन् ।  झडपमा परि उत्तिकै संख्यामा प्रदर्शनकारी पनि घाइते भएका छन् ।

    आक्रोसित भीडले एक्कासी प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेका थिए ।

    शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । अस्मिताको आइतवार बयान सकिएपनि रवि र युवराजको बयान सोमबार हुने बताइएको छ । उनीहरु साउन ३० देखि चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...