News Portal

  • पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्न नेकपाको निर्देशन : हेर्नुस् अन्तरपार्टी निर्देशन–२

    भक्तपुर, १४ भदौ
    १२१२ पटक
    भक्तपुर, १४ भदौ

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिकरुपले नबोल्न निर्देशन जारी गरेको छ । नेकपाले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै नेता र कार्यकर्तालाई उक्त निर्देशन जारी गरेको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै पार्टीको नीति र नेतृत्वका विषयमा चित्त नबुझेका कुरा पार्टी च्यानलमा राख्नुपर्नेमा जोड दिंदै सार्वजनिक आलोचना र विरोध लाई निषेध गरेका छन् । पार्टीको जिम्मेवार नेताहरुका नै अभिव्यक्ति बिबादित बन्न थालेपछि उनले शुक्रवार औपचारिक निर्देशन जारी गरेका हुन् ।

    ‘अन्तरपार्टी निर्देशन -२’ को बुँदा नम्बर ‘च’ मा अनुशासनको पालना शिर्षकमा उक्त निर्देशन समेटिएको छ । पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न अधिकार प्राप्त भएको भनिएको छ । तर पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेलाई पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाउने पनि पार्टी निर्णयको हवाला दिंदै निर्देशन जारी गरिएको बताइएको छ ।

    पार्टी एकता सम्पन्न भएपश्चात् केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयहरूको आधारमा अन्तरपार्टी निर्देशन – १, विशेष परिपत्र – १, २, ३ र ४ जारी भइसकेको र अहिले २ जेठदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा यो अन्तरपार्टी निर्देशन – २ जारी गरिएको जिकिर गरिएको छ ।

    ”यी निर्णयहरूको महत्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशित गरिन्छ।” निर्देशनमा भनिएको छ ।

    हेर्नुस् ‘अन्तरपार्टी निर्देशन – २’ को पूर्णपाठ

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...