News Portal

  • भाइरल सामाग्रीका लागि तथ्य तोडमोड गर्ने युट्यूबर र अनलाइन संचालक समातिने

    भक्तपुर, १४ भदौ
    ९०१ पटक
    भक्तपुर, १४ भदौ

    सामाजिक सञ्जालमा कसैले केही पोस्ट गर्ने बित्तिकै हुर्रिएर फाल हाल्ने र अनेक किसिमका भाइरल सामाग्री बनाउने युट्यूबरहरुलाई अब पत्रकार आचारसंहिताले समात्ने भएको छ । सामाजिक सञ्जालमार्फत समाजलाई गलत सूचना दिने र त्यसबाट सामाजिक सद्भाव समेत खल्बलिने खालको वातावरण तयार पार्नतिर लागेपछि यस्ता ‘अर्ध मिडिया’हरुलाई नियमन गर्ने गरी पत्रकार आचार संहिता संशोधन गरी जारी गर्न लागिएको हो ।

    पछिल्लो समय सम्पादकीय प्रक्रिया विना नै खासगरी युट्यूब, ब्लग, सामाजिक सञ्जाल र कतिपय अनलाइनहरबाट समाचारका कन्टेन्टहरु आउने गरेका छन् । त्यसले पत्रकारिताको मुल्य मान्यता र आचारसंहितामा रहेर काम गरिरहेका मिडिया र मिडियाकर्मीहरुमाथि नै प्रश्न उठ्ने र उनीहरुको विश्वसनीयतामा नै शंका गर्ने स्थिति पैदा भएको छ ।

    मिडियाबाट प्रकाशन प्रशारण हुने कन्टेन्टको कुनै जिम्मेवारी आफूले लिनुपर्छ र त्यसमाथि प्रश्न उठे जवाफ दिनुपर्छ भन्ने चेत समेत नभएका सिकारुहरुले पत्रकारिताको धज्जी नै उडाएपछि प्रेस काउन्सील नेपाल र नेपाल पत्रकार महासंघले आचारसंहितालाई यस विषयमा केन्द्रित गरी संशोधन गरेका छन् । काउन्सील र महासंघको हालै सम्पन्न भएको संयुक्त बैठकले यसअघि जारी गरिएको पत्रकार आचारसंहितामा संशोधन गरेको हो । संशोधन गरिएको आचारसंहिता अब आगामी असोज ६ गतेदेखि लागु हुने पनि बताइएको छ ।

    नयाँ संशोधित आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमलाई समेत अब सामाजिक सञ्जाल प्रयोगमा सजग गराउने लगायतका कडा प्राबधानहरु राखिएका छन् । नयाँ आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने प्रावधान राखिएको छ ।

    पत्रकारले नै अमर्यादित र अपुष्ट कुराहरुलाई प्रवाह गर्दा सर्वसाधारण झुक्किने र नभएको कुरा नै हो भनेर स्थापित हुन थालेकाले मर्यादित बनाउन खोजिएको काउन्सिलले जनाएको छ ।

    त्यसैगरी अब पत्रकारहरुले सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रकाशन गरेका जानकारी, विचार तथा कमेन्ट शेयर वा रिट्विट गरी पुनः प्रकाशन गर्दा त्यसका बारेमा सत्य तथ्य जाँच गरी त्यसको निष्पक्षतालाई समेत ख्याल गरेर मात्र आफूले सम्प्रेषण गर्नुपर्ने व्यवस्था संशोधित आचारसंहितामा उल्लेख गरिएको छ ।

    नयाँ संशोधित आचारसंहिताको उल्लंघन गरिएमा त्यसका विरुद्ध पनि अब काउन्सीलले कडाई गरिने जनाएको छ । आचारसंहिता उल्लंघन गर्ने त्यस्ता मिडियालाई काउन्सिल त्यसका बारेमा सोधपुछ गर्ने, निर्देशन दिने व्यवस्था गरिएको छ । त्यसरी दिइएको निर्णयको समेत अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति काउन्सीलले अब खेद प्रकट गर्ने, अवज्ञाकारी, कालोसूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकता अनुसार सार्वजनिक गर्ने व्यवस्था पनि नयाँ आचारसंहितामा थप गरिएको छ । त्यसरी अवाज्ञा गरी कालोसूचीमा परेका पत्रकार तथा सञ्चारमाध्यमलाई राज्यबाट प्रदान गरिने सबै सुविधाबाट वञ्चित गरिने नयाँ व्यवस्था पनि गरिएको छ ।

    यदि त्यस्ता सामाग्री कुनै अनलाईन मिडियामा सम्प्रेषण भएको भेटिएमा ती सामाग्री काउन्सीलले नै नेपाल दूरसञ्चार प्राधिकरणसहितका सम्बन्धित अन्य निकायलाई पत्राचार गरी बन्द गराउने पनि नयाँ व्यवस्था गरिएको छ । त्यसरी बन्देज लगाउनु अघि सम्बन्धित मिडियालाई काउन्सीलले निश्चित अवधि तोकी त्यस्ता आपत्तिजनक सामाग्री हटाउन भन्नेछ । त्यसरी दिइएको निर्देशन मिडियाले नमानेमा सम्बन्धित निकायमा पत्राचार गरिने संशोधित आचारसंहितामा उल्लेख गरिएको छ । त्यसका लागि प्रेस काउन्सीलले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरी, सरकारी वकिललाई समेत समन्वय गर्ने जनाएको छ । साथै नयाँ संशोधित आचारसंहितामा त्यस्ता विषयका सम्बन्धमा टुंगो लगाउन नेपाल प्रहरी, सरकारी वकिल र प्रेस काउन्सील रहेको एक कार्यदल बनाउने व्यवस्था गरिएको छ ।

    यसैगरी नयाँ संशोधित आचारसंहितामा अर्काको सामाग्री चोरी वा साभार गर्ने प्रवृतिलाई पनि कडाइ गर्ने प्रावधान ल्याइएको छ । कुनै अन्य अनलाइनको समाचार सामाग्री साभार गर्ने तर, स्रोत नखुलाउने प्रवृत्ति रोक्न यस्तो व्यवस्था गरिएको काउन्सीलले जनाएको छ । मूल स्रोत उधृत गरेर वा अनुमति लिएरमात्र अरुको सामाग्री साभार गर्न पाउने व्यवस्था संशोधित आचारसंहितामा गरिएको छ ।

    संशोधित आचारसंहिता प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा सार्वजनिक गरिने बताइएको छ । प्रेस काउन्सीलको आगामी असोज ६ गते स्वर्ण जयन्ती छ । स्वर्ण जयन्तीका अवसरमा राष्ट्रपतिबाट संशोधित पत्रकार आचारसंहिता सार्वजनिक गर्ने र सोही दिनदेखि लागु गरिने काउन्सीलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...