News Portal

  • शिक्षा सुधारको लागि जस्तोसुकै पहल लिन पनि आफू तयार रहेको सांसद बस्नेतको उद्घोष

    भक्तपुर, २२ भदौ
    ११५५ पटक
    भक्तपुर, २२ भदौ

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले अबको शिक्षा शीपमूलक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने बताउदै सांसद बस्नेतले गरिखान सक्ने शिक्षामा जोड दिएका हुन् ।

    आइतवार सूर्यविनायक- १ सिरुटारस्थित सिरुटार माध्यमिक विद्यालयको ५ कोठे आरसिसि भवन उद्घाटन गर्दै सांसद बस्नेतले सरकारले शिक्षालाई विशेष महत्व दिएको दावी गरे । नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रीका प्रिय मानिने सांसद बस्नेतले शिक्षाको सुधारको लागि आवश्यक जस्तोसुकै पहलकदमी लिन आफू तयार रहेको समेत उद्घोष गरे ।

    उनले उक्त अवसरमा नेपालको शिक्षाले युवालाई व्यवहारिक र आत्मनिर्भर बनाउनुका साथै देश र जनताप्रति बफादार बनाउनुपर्ने आवश्यकता औल्याए । त्यसका लागि सरकारले नयाँ शिक्षा नीति बाहिर ल्याउन लागेको उनले बताए ।

    भक्तपुरमा पुन निर्माणको कार्य सन्तोषजनक ढंगले अघि बढेको बताउदै उनले विद्यालयमा नयाँ भवन बनेपछि शिक्षक र विद्यार्थी उत्साहित देखिएका दावी गरे ।

    सूर्यविनायक नगरपालिकाले शिक्षामा देखाएको रुची र गरेको लगानीको प्रतिफल आउन लागेको भन्दै उनले सामुदायिक विद्यालयहरुको स्तरउन्नती भएकोमा नगरपालिकाको प्रसंसा समेत गरे ।

    कार्यक्रममा सूर्य विनायक नगर प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत वडा अध्यक्ष लगायतका जनप्रतिनिधिका साथै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख,  शिक्षक, विद्यार्थी र स्थानीय शिक्षा सेवीहरुको समेत उपस्थिति रहेको थियो ।

    उद्घाटन गरिएको उक्त विद्यालयको भवन राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको आ.व २०७४/२०७५ को कार्यक्रम अन्तर्गत रु ६२ लाख २३ हजार ७ सय २८ रुपैया र सूर्यविनायक नगरपालिकाको रु १० लाखको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ । सो भवनमा विद्यालयले आन्तरिक स्रोतबाट समेत रु ३ लाख ५० हजार लगानी गरेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...