News Portal

  • रोल्पाको थवाङमा पहिरोमा परि ६ जनाको मृत्यु

    भक्तपुर, २८ भदौ
    ७४२ पटक
    भक्तपुर, २८ भदौ

    तस्वीर : सांकेतिक

    रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो ।

    पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, नौ वर्षीय देवस्थी बुढा र दुई वर्षीया करिश्मा बुढाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    जिल्ला सदरमुकाम लिवाङबाट ७० किलोमिटर उत्तरमा उक्त गाउँमा बिहिवार गएको पहिरोमा परि दुई परिवारका ६ सदस्यको ज्यान गएको हो ।

    दुईतले घरलाई पहिरोले पुरेपछि माथिल्लो तला र तल्लो तलामा सुतिरहेका ६ जना पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पहिरोले घरमा रहेका चौपाया पनि पुरिएको बताइएको छ ।

    थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले पहिरोल्र पुरिएको घर एकान्तमा रहेकोले स्थानीयले ढिला गरि थाहाँ पाएको बताए । उनका अनुसार अविरल वर्षाका कारण पहिरो गएको थियो । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले यस्ता घटना दोहोरिन नदिन पहिरो रोक्ने दीर्घकालीन योजना बनाउने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष

    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...

    प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस

    हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि...

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा...

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...