News Portal

  • खेदीखेदी कन्चटमा गोली हानी लुटियो ५ लाख : कारण अर्कै हुनसक्ने स्थानीयको आशंका

    ९९४ पटक

    बुटवल, २९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरी फरार भएको छ ।

    आइतवार दिउँसो रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी लाई अज्ञात समूहले लखेटी लखेटी २ गोली प्रहार गरी ज्यान लिएका हुन् । बैंकबाट पैसा निकालेर मोटर साइकलमा घरतर्फ आउँदै गरेका उनलाई पिछा गर्दै आएको समूहले कन्चटमा गोली हानी हत्या गरेको हो ।

    सोही समूहले उनको साथमा रहेको ५ लाख रुपैयाँ पनि लुटेर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोटरसाइकलमा उनको श्रीमती र छोरालाई नालीमा धकालेर कुर्मीलाई खेदीखेदी गोली हानिएको थियो । गोली लागेर कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले लुटेरा समूहको खोजी भइरहेको जनाएका छन् ।

    स्थानीयले भने घटनाको प्रकृती हेर्दा यो हत्याको कारण लुटपाट देखिएपनि अन्य कारण पनि हुनसक्ने आशंका गरेका छन् । १ वर्ष अघि कुर्मीका भाइको पनि ट्रकले किचेर ज्यान गएको थियो । स्थानीयले कसैले ज्यान लिने नियतबस ठक्कर दिएको दाबी गरेका भएपनि प्रहरीले ट्रकको ठक्करबाट मृत्यु भएको निष्कर्ष सहित फाइल क्लोज गरिदिएको थियो ।

    कुर्मीको दिनादहादै हत्या भएपछी स्थानीय आतंकित बनेका छन् । घटनाको सत्य तथ्य छानवीन गरी दोषी पता लगाउन स्थानीयले दबाब दिएका छन् । उनीहरुले शव उठाउन नदिएपछि एसपी थापा आफै उपस्थित भएर दोषी पत्ता लगाउने बचन दिएका छन् । एसपी माथि बिस्वास गरी स्थानीयले शव उठाउन दिएपछि कुर्मीको शवलाई पोष्टमार्टमका लागि अस्पताल पुर्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...