News Portal

  • एमबिबिएसको स्थगित प्रवेश परीक्षा हुने नयाँ मिति तय : सूचना सहित

    भक्तपुर, ३० भदौ
    १०५२ पटक
    भक्तपुर, ३० भदौ

    स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो ।

    संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले प्रवेश परीक्षाको मिति तय गरेको जानकारी प्राप्त भएको छ । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस, बिडिएस लगायतको रोकिएको प्रवेश परीक्षाको नयाँ मिति तय भएको हो ।

    प्राप्त सूचना अनुसार स्नातक तहको विभिन्न कार्यक्रमको प्रवेश परीक्षा विभिन्न मितिमा आगामी असोज ३, ५, ६ र ७ गते हुने बताइएको छ ।

    यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए । छात्रवृत्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले भदौ २० गते अन्तरिम आदेश जारी गर्दै प्रवेश परीक्षा रोकेपछि उक्त परीक्षा स्थगित हुँदै आएको थियो ।

    आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले तत्काल प्रवेश परीक्षा र्नै रोक्नुपर्ने अवस्था नरहेको आदेश दिएपछि प्रवेश परीक्षा लिन बाटो खुलेको हो ।

    एमबिबिएसमा मात्र २२ कलेज गरी करिब १८ हजार परीक्षार्थी प्रवेश परीक्षामा सामेल हुने छन् ।

    हेर्नुस सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...