News Portal

  • श्रीमानकाे हत्या अभियोगमा ३५ वर्षिया पोखरेल पक्राउ

    परासी, ४ असोज ।
    १०९९ पटक
    परासी, ४ असोज ।

    तस्वीर : सांकेतिक

    श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पुरुष घटनामा सङ्लग्न रहे नरहेको अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको नाम भने गोप्य राखेको छ । पक्राउ परेकी सरस्वतीले आफूसहित ती पुरुष मिलेर श्रीमान्को हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । हत्यामा सलग्न पुरुषसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

    हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ आदेशसमेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । शव भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट १०० मिटर पश्चिममा पर्दछ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...