News Portal

  • कास्कीबाट वामदेव उम्मेदवार नबन्ने : कारण यस्तो

    भक्तपुर, ४ असोज
    ७५९ पटक
    भक्तपुर, ४ असोज

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले मंसिरमा हुने उपनिर्वाचनमा आफू कास्की—२ बाट उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बामदेवले कास्कीबाट उम्मेद्वारी दिने हल्लाका बीच उनले आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।

    शनिबार पार्टीको सचिवालय बैठकमा आफूले उम्मेद्वारी नदिने औपचारिक जानकारी गराएका गौतमले सो कुरा सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् । पार्टीको संगठन बिभाग प्रमुख समेत रहेका नेता गौतमले त्यहाँबाट स्थानीय नेता लाई उम्मेदवार बनाइनु पर्ने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले भनेका छन् , ”यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।

    कास्की-२ बाट आफूलाई उम्मेदवार बन्न अफर आएको खुलासा गर्दै आफू त्यसमा इच्छुक नभएको उनको भनाइ छ ।‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु। आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु।’ उनले भनेका छन् ।

    कास्की २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। दिवंगत रविन्द्र वामदेव निकट रहेका र बामदेव पार्टीमा एकाएक बलिया बनेपछि रवीन्द्रको रिक्त स्थानमा प्रभावशाली नेता बामदेव गौतम उम्मेदवार बन्ने बजार हल्ला चलेको थियो ।

    त्यति मात्र होइन, यस अघि पनि पटक पटक बामदेवलाई उम्मेदवार बनाएर सांसद गाराइने हल्लाले बजार तताउदै आएको छ र नेता बामदेवले त्यसको प्रतिक्रिया दिंदै आइरहेका छन् । बामदेवलाई बिबादमा ल्याउन चाहनेहरु उनको उम्मेदवारीलाई उछालेर ठूलै मसाला बनाउने गरेका उनी निकट नेताहरुको आरोप रहदै आएको छ ।

    यसपटक भने पार्टी अध्यक्ष द्वय केपी ओली र प्रचण्ड दुवैले उनलाई कास्की-२ बाट उठ्न भनेपनि आफूले अस्वीकार गरेको गौतमले खुलासा गरेका छन् । त्यहाँबाट स्थानीय नेतालाई उम्मेदवार बनाउदा न्याय हुने उनको भनाइ छ ।

    यस्ताे छ नेता गाैतमले जारी गरेकाे जानकारी 

    मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-
    आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

    तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
    वामदेव गौतम
    ४ आश्विन २०७६

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...