News Portal

  • चीनले अमेरिकालाई उछिन्छ : पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौं, ४ असोज
    ८९७ पटक
    काठमाडौं, ४ असोज

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा बोल्दै खनालले उक्त ठोकुवा गरेका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेतासमेत रहेका खनालले लामो संघर्ष पश्चातको ४० वर्षको छोटो समयमै चीन महाशक्ति राष्ट्रको दर्जामा उभिन सक्नु संसारका कम्युनिष्ट तथा समाजवादी देशहरुको लागि उदाहरणीय भएको धारणा राखे ।

    पुस्तकका लेखक भण्डारी नेपालको वर्तमान सामाजिक तथा सांस्कृतिक विकृति तथा विसंगतिका विरुद्धमा पुस्तकमार्फत खरो उत्रेकोप्रति धन्यवाद दिए । उनले १९६६ देखि ०७६सम्मको चिनियाँ सांस्कृतिक क्रान्तिलाई उग्रबामपन्थी भड्काववादी आन्दोलनको संज्ञा दिदै उनले भने,“समाज रुपान्तरण विस्तारै हुन्छ, कतिपयले चीनको वर्तमान विकासको अधारलाईसमेत प्रतिक्रान्तिको नजरले हेर्छन्,जुन गलत हो ।”
    नेता खनालले नेपलमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेको र अब देश समाजवादी बाटो तिर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्दै भने,“समाजवाद तिर अघि बढन नीति, सिद्धान्त र ब्यवहारले हाम्रो पार्टी प्रष्ट हुनुपर्छ ।”

     

    खनालले नेपाली समाजलाई दलाल पुँजीवादले जकडाएको र यो सरकारको मूल चुनौती भएको धारणा राख्दै, दुइ तिहाइको कम्युनिष्ट सत्तालाई पनि कर्मचारी तन्त्र र प्रशासनले नर्टेनु दुःखत भएको बताए ।

    साहित्यकार तथा लेखक भानु भण्डारीले सांस्कृतिक रुपान्तरण भन्दा पनि समाजको आमुल परिवर्तन आजको आवाश्कता भएको बताए । लेखक भण्डारीले समाजको परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नु पर्ने धारणा राखे ।

    नेकपा नेता तथा सांस्कृतिक विभाग प्रमुख मणि थापाले लेखकप्रति इगिंत गर्दै भने, “भण्डारीजीले वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गर्दै पुस्तक लेख्नु भएको छ, त्यो राम्रो कुरा हो र उहाँलाई धेरै धन्यवाद ।”, पुस्तकले बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि गुम्नसक्ने खतराप्रति सतर्क गराउन खोजेको भन्दै लेखकप्रति हर्ष व्यक्त गरे । तर, थापाले लेखकको चिन्ता जायज भए पनि त्यस्तो अवस्था नरहेको ठोकुवा गरे । आफ्नो पार्टीले मालेमावादलाई दह्रोसंग पकडेकोले त्यसको सम्भावना कमभएको बताउँदे भने,“यदि कसैले पछाडी फर्कने कोशिष गरे त्यसको दह्रोप्रतिकार गर्नु पर्ने हुन्छ ।”

    समालोचक तथा विश्लेषक प्रा.डा.गोपिन्द्र पौडलले लेखक भानु भण्डारी भूगोलको विद्यार्थी भए पनि संस्कृति र साहित्यमा राम्रो दखलता राख्नु ठूलो क्षमताको विषय भएको बताए । उनले पुस्तकको विषयवस्तुमा भारतीय विस्तारवादको हस्तक्षेपका साथै समाजमा विद्यमान विकृति विसंगतिको विषयमा राम्रो चित्रण गरिएकोप्रति प्रशंसासमेत गरे ।

    प्राध्यापक निर्मला पोखरेलले पुस्तकको समालोचना गर्दै भनिन्, “३ सय भन्दा बढी रिसर्चचरहरुको अध्ययन गर्नु, विश्व देखि नेपाल भित्रका सयौं अध्ययताको अध्ययन गर्नु चानेचुने विषयको कुरा होइन ।”

    ओरियन्टल पब्लिकेशनका अध्यक्ष हरि गौतमले राम्रो विषयबस्तु सहित किताब लेखेको भन्दै लेखकको प्रशंसा गरे । गौतमले वर्तमान शासनप्रति अशन्तुष्टि प्रकट गर्दै, समाजवादी चिन्तन र सोच भएका मानिसहरु सत्तामा हुँदा अहिले पनि सामान्ती संस्कारले जकडाएको भन्दै सत्ताशीनप्रति आक्रोश व्यक्त गरे ।

    कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघका उप–महासचिब आरसी न्यौपानेले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राइले गरेका थिए । नेकपाका केन्द्रीय सदस्य कुमार पौडेल र प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...