News Portal

  • बिबादमा उपराष्ट्रपति पुनले उद्घाटन गरेको परिषद : शिक्षक महासंघलाई पहिलो गाँसमै ढुंगा

    भक्तपुर, ५ भदौ
    १६७२ पटक
    भक्तपुर, ५ भदौ

    नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ ।

    नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो गाँसमै ढुंगा लागेको हो ।

    शिक्षकका १६ वटा संघसंगठनको साझा संस्थाको रुपमा नेपाल शिक्षक महासंघ ( नेशिमहासंघ) को गठन गरिएको भएपनि बर्तमान नेतृत्वले साझा व्यवहार देखाउन नसकेको आरोप लागेको छ । महासंघको नेतृत्वले पेलेर जाने प्रवित्ती देखाएको भन्दै नेपाल शिक्षक संघ परिषद बैठकप्रति असन्तुष्ट बनेको हो ।

    ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल शिक्षक महासंघले आफ्नो बिधानको व्यवस्थामा परिवर्तन गर्दै शिक्षक नरहेका व्यक्तिलाई पनि नेतृत्व दिन सकिने प्रस्ताव परिसद्मा ल्याउने भएपछी परिषद बहिस्कार गर्नु परेको नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष एमपी भुसालले पुष्टि गरे ।

    उनले शिक्षक महासंघको नेतृत्वमा शिक्षक नै नरहेका व्यक्ति हुँदा राजनीति हावी हुने र पेशागत आन्दोलन ओझेलमा पर्न सक्ने भन्दै संघले विरोध जनाएको बताए । त्यसैगरी बिधान नै संसोधन गरेर कोरम नपुगेपनि उपलब्ध पदाधिकारीबाट निर्णय गर्न सक्ने प्रस्तावमा पनि संघले असहमती जनाएको बताइएको छ । उपलाब्धालय बनाउने माहासंघको नीतिले दीर्घकालमा नकारात्मक असर गर्ने संघको ठहर छ ।

    महासंघ पदाधिकारीको कार्यकाल थप्न गरिएको प्रस्ताव प्रति पनि संघले आपत्ति जनाएको छ । ३ वर्षे कार्यकाल बढाएर ४ वर्षे बनाउने प्रस्ताव परिसद्मा नलैजान संघले चेतावनी दिएको भएपनि त्यसको सुनुवाई नभएपछि परिषद बहिस्कार गरिएको बताइएको छ ।

    महासंघले भने परिषदमा प्रस्ताव लादैमा अन्यथा लिन नहुने जिकिर गरेको छ । सहमति र सहकार्यलाई जोड दिंदै महासंघ अघि बढ्ने नेतृत्वको दावी छ । परिषदले महासंघको विगतको कार्यको समिक्षा र आगामी रणनीति तयार गर्ने साथै आवश्यक विधान संशोधन गर्ने महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए ।

    ललितपुरमा आइतवार सम्म चल्ने परिषद उपराष्ट्रपति नन्दबहादुर पुनले शनिवार उद्घाटन गरेका हुन् । पुनले शिक्षककै कारण सार्वजनिक शिक्षा नसुध्रेको भन्दै शिक्षकहरुप्रति नै गुनासो गरेका थिए । वाङमयविद् शताव्दीपुरुष शत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल जुम्लाका माउण्टेनियर धावक हरिबहादुर रोकालाई सम्मानित गरिएको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष बाबुराम थापाले गरेका थिए ।

    अपडेट

    ललितपुरको जावलाखेलमा भएको नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद आइतवार सम्पन्न भएको छ । बिधान संसोधनसम्बन्धी प्रस्तावमा असन्तुष्टी जाहेर गर्दै परिषद बहिस्कार गरेको नेपाल शिक्षक संघ अन्तिम समयमा सहभागी भएको थियो ।

    प्रस्तावित बिधान संसोधनमा सहमतिका आधारमा निर्णयमा पुग्ने भनिएपछि संघले सहभागीता जनाएको जानकारी प्राप्त भएको छ । परिषद्मा बिधान संसोधनको प्रस्ताव गरिएपनि त्यो सहमतीका आधारमा पछि गर्ने गरी पारीत भएको छ ।

    नेपाल शिक्षक महासंघ प्रथम राष्ट्रिय परिषदले निम्न प्रस्तावहरु पारीत गरेको छ :

    १) महासंघको संगठनिक,आर्थिक र महिला बिभागका प्रतिवेदन सर्बसम्मत पास गरियो।
    २) प्रस्तावित बिधान संसोधन प्रस्ताव हलबाट आएको सुझाव र म्यान्डेटका आधारमा अध्यक्ष मन्डलबाट सहमतिका आधारमा निर्णयमा पुग्ने ।
    ३)शिक्षक महासंघसंग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसंग माग गर्ने ।
    ४) बालबिकास ,विद्यालय कर्मचारीको तत्कालका लागि श्रम ऐन अनुसारको तलबमान र संघीय ऐन मार्फत उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा उल्लेखित सुझावको आधारमा दरबन्दी र आन्तरिक प्रतिस्पर्धा सहितको स्थायी प्रक्रियामा अगाडी बढाइयोस।
    ५) राहत ,उमाविमा कार्यरत रहेका शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गरि बिगतमा अस्थायी शिक्षकलाई दिइएको सुबिधा अनुसार स्थायी प्रक्रिया अगाडी बढाइयोस।
    ६) द्वन्दपिडित शिक्षक कर्मचारीहरुको पुनरबहाली प्रक्रिया तत्काल गरियोस् ।
    ७) निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको लागि सामाजिक सुरक्षा कोष स्थापना गरियोस् ।
    ८) तत्काल शिक्षक अस्पतालको निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइयोस।
    ९) सामुदायिक विद्यालयमा निजीस्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुलाई स्थानीय सरकारले मापदण्डका आधारमा स्थायी गरियोस् ।
    १०) शिक्षक एकेडेमी निर्माण गरि महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरुको शैक्षिक दक्षता अभिवृद्धि कार्यक्रमहरु सन्चालन गरियोस।
    ११) प्रदेश ,जिल्ला र स्थानीय तहमा शैक्षिक सम्बाद समिती तत्काल निर्माणका लागि पहल गरियोस् ।
    १२) शैक्षिक बिकासको लागि आफ्नो कर्तव्य पुरा गर्न ,परिणाम ल्याउन र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापमा सरिक हुन , आफूलाइ अपडेट गर्दै सुचना प्रबिधिको उपयोग गर्न सक्षम हुन सम्पुर्ण शिक्षकहरुलाई अपिल गर्ने निर्णय गरियो ।
    १३) तहगत बढुवा ,समयबद्ध बढुवाका साथै अस्थायी सेवा जोड्ने काम तत्काल गरियोस।
    १४)शिक्षक कर्मचारीहरुलाई आस्थाका आधारमा गरिएको धरपकड,ज्यादाती तत्काल बन्द गरियोस् ।
    १५)शुन्य दरबन्दी भएका आधारभुत विद्यालयहरुको कटौती गरिएको अनुदान तत्काल उपलब्ध गरियोस् ।
    १६) उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक ,शिक्षा नीति पास र संघीय शिक्षा ऐन तत्काल जारी गरियोस् ।
    १७) शिक्षक महासंघको बाकी रहेका संगठनिक संरचना पूरा गर्न आबद्ध / सम्बद्ध संगठनहरुलाइ अनुरोध गर्ने निर्णय गरियो।
    १८) स्थानीय तहमा शिक्षक कर्मचारी माथी भएको ज्यादाती तत्काल बन्द गरियोस् ।
    १९) शिक्षामा लगानी वृद्धि गरियोस् र राजनैतिक पार्टीको घोषणा पत्रमा शिक्षा क्षेत्रमा गरिएको प्रतिबद्धता पूरा गरियोस् ।
    २०) नमूना विद्यालय र प्राबिधिक विद्यालय छनौट प्रक्रिया पारदर्शी , बैज्ञानिक र ब्यबस्थित गरियोस् ।
    २१) दरबन्दी मिलान तथा पुन: बितरण कार्यदलले दिएको सिफारिसका आधारमा तत्काल कार्य थालियोस।
    २२) यी मागहरू तत्काल पूरा नगरिए आन्दोलनको घोषणा गर्ने सर्बसम्मत निर्णय गरियो।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...