News Portal

  • प्रचण्डले दिए मन्त्रिमण्डल पुनःगठनको संकेत

    विराटनगर, ५ असोज
    ८१० पटक
    विराटनगर, ५ असोज

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने संकेत गरेका छन् ।

    आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्रिमण्डल पुनःगठन हुनसक्ने संकेत गरेका हुन् ।

    प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्रिहरु हेरफेर गर्न सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । उनले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको समेत बताए ।

    अध्यक्ष दाहालले अहिले परिवर्तन बिरोधीहरुले टाउको उठाउन खोजेका कारण अराजक गतिविधि र उछृङ्खल क्रियाकलाप बढेको भएता पनि वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गरे । सरकारले मात्र नभई सबै राजनीतिक दल गम्भीर भएर अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति प्रतिवाद गर्नुपर्नेमा उनको जोड छ ।

    उनले देशको आर्थिक वृद्धि दर ७ प्रतिशत रहेको र भ्रष्टाचारको विरुद्धमा समेत सरकार अघि बढेको भन्दै निराश हुनुपर्ने स्थिति नरहेको बताए ।
    सरकारले नीति निर्माण गर्नमा धेरै समय खर्चिनुपरेकाले बिकाशको गति कम देखिएता पनि अब विकासका काममा तीव्रता दिनुपर्नेमा उनले जोड दिए । नीति निर्माण नगरी विकास निर्माण हुन् नसक्ने हुँदा पहिले नयाँ ऐन कानुन बनाउन सरकार अल्झनु परेको उनले स्वीकार गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...