News Portal

  • ज्ञानेन्द्र शाहीमाथि कुटपिट

    भक्तपुर, ११ असोज
    ९४४ पटक
    भक्तपुर, ११ असोज

    आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दावी गर्दै देशव्यापी अभियानमा रहेका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । चितवनमा आयोजना गरिएको एक कार्यक्रममा गएका शाहीमाथि कुटपिट भएको हो ।

    शाही ‘नेपालका लागि नेपाली’ अभियानमा सक्रिए छन । उनले पछिल्लो समय सरकारका विभिन्न तहमा भ्रष्टाचार र बेरुजुहरु रहेको भन्दै त्यसलाई विशेषत: सामाजिक संजाल मार्फत आक्रामक अभिव्यक्ति दिंदै खबरदारी गर्दै आएका छन् । पछिल्लो समय उनी नेकपाका युवा नेता रहेका सस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेस भट्टराइलाई जहाजमा दुर्ब्यवार गरेर चर्चामा आएका व्यक्ति हुन् ।

    स्थानीय संचारमाध्यमका अनुसार शनिवार भरतपुरस्थित चोबिसकोकोटीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम बिथोल्न अज्ञात समूहले उनीमाथि आक्रमण गरेको हो । अज्ञात समूहले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै नारावाजी समेत गरेका थिए ।

    चौबिसकोटीस्थित एक होटलबाट निस्किएर कार्यक्रमस्थल आउदै गर्दा उनीमाथि कुटपिट भएको हो ।उनी सवार गाडीमा समेत तोडफोड गरिएको बताइएको छ । शाहीमाथि कुटपिट हुँदै गर्दा प्रहरी आएर उनको उद्धार गरेको थियो ।

    शाही उपचारका लागि काठमाडौ आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...