News Portal

  • सभामुख महरामाथि गम्भीर आरोप : सचिवालयद्वारा खण्डन

    भक्तपुर, १४ असोज
    ८६६ पटक
    भक्तपुर, १४ असोज

    संघीय प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरामाथि गम्भीर आरोप लागेको छ । संसदमै काम गर्ने एक महिला कर्मचारीले उनीमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्।

    काठमाडौको तिनकुनेस्थित उनकै डेरामा गएर आइतवार सभामुख महराले जवर्जस्ती करणी गरेको उनको आरोप रहेको छ । उनले आफ्नो करीब ३० वर्षदेखि सभामुख महरासंग चिनजान भएको तर आइतवार जवर्जस्ती करणी गरेपछि बाध्य भएर उनीविरुद्ध बोल्नु परेको एक अनलाइनलाई अन्तर्वार्ता दिंदै भनेकी छिन ।

    सभामुख महराको सचिवालयले भने जवर्जस्ती करणीको आरोप निराधार भएको भनेकाे छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् ।
    बिज्ञप्तिमा भनिएको छ – ”यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।”

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...