News Portal

  • नेकपा सचिवालय बैठक सम्पन्न : सभामुख महरालाई पदबाट राजिनामा दिन आग्रह गर्ने

    भक्तपुर, १४ असोज
    ९२९ पटक
    भक्तपुर, १४ असोज

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

    मंगलवार बसेको सचिवालय बैठकले यौन दुर्व्यवहार सम्बन्धी गम्भीर आरोप लागेका सभामुख महरालाई संसद्को सभामुख र सदस्यबाट समेत राजिनामा दिएर छानवीनमा सहयोग पुर्याउन आग्रह गर्ने निर्णय गरिएको श्रोतले जनाएको छ ।

    श्रोतका अनुसार सभामुख महरा पनि राजिनामा गर्ने मुडमा रहेकाले उनको राजिनामा पछि छानवीनलाई सहज हुने बताइएको छ ।

    आइतवार राती मदिराले लठ्ठीएका महराले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक महिला कर्मचारीले आरोप लगाएकी छिन ।

    काठमाडौको तिनकुनेस्थित उनकै डेरामा गएर आइतवार राती सभामुख महराले जवर्जस्ती करणी गरेको उनको आरोप रहेको छ । उनले आफ्नो करीब ३० वर्षदेखि सभामुख महरासंग चिनजान भएको तर आइतवार जवर्जस्ती करणी गरेपछि बाध्य भएर उनीविरुद्ध बोल्नु परेको एक अनलाइनलाई अन्तर्वार्ता दिंदै भनेकी छिन् ।

    सभामुख महराको सचिवालयले भने जवर्जस्ती करणीको आरोप निराधार भएको भनेकाे छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् ।

    बिज्ञप्तिमा भनिएको छ – ”यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।”

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...