News Portal

  • सभामुख महराद्वारा पदबाट राजिनामा

    भक्तपुर, १४ असोज
    १३४९ पटक
    भक्तपुर, १४ असोज

    यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएका छन् । मंगलवार दिउसो उनले पदबाट राजिनामा दिएका हुन् ।

    उपसभामुखसमक्ष उनले राजिनामा पत्र पठाएका हुन् । पत्रमा ‘छानविन प्रक्रिया नसकिदा सम्मका लागि’ राजिनामा दिएको उल्लेख गरिएको छ ।

    छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनि आफूले राजिनामा दिएको पत्रमा भनिएको छ ।

    मंगलवार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई पदबाट राजिनामा दिन आग्रह गरेको थियो ।

    आइतवार राती मदिराले लठ्ठीएका महराले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक महिला कर्मचारीले आरोप लगाएकी छिन ।

    काठमाडौको तिनकुनेस्थित उनकै डेरामा गएर आइतवार राती सभामुख महराले जवर्जस्ती करणी गरेको उनको आरोप रहेको छ । उनले आफ्नो करीब ३० वर्षदेखि सभामुख महरासंग चिनजान भएको तर आइतवार जवर्जस्ती करणी गरेपछि बाध्य भएर उनीविरुद्ध बोल्नु परेको एक अनलाइनलाई अन्तर्वार्ता दिंदै भनेकी छिन् ।

    सभामुख महराको सचिवालयले भने जवर्जस्ती करणीको आरोप निराधार भएको भनेकाे छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् ।

    बिज्ञप्तिमा भनिएको छ – ”यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...