News Portal

  • एसइई पुरक परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

    १२९८ पटक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । गत १ भदौदेखि ११ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

    पुरक परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्द भएको छ भने, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

    २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था भए वमोजिम ग्रेडबृद्धिको परीक्षा दिएका हुन । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने व्यवस्था यसपटक गरिएको थियो ।

    यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न भएका थिए । असार पहिलाे हप्ता सार्वजनिक भएकाे भएको नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६५ देखि ४ जिपिए नतिजा ल्याएका थिए । त्यसैगरी ५१ हजार १ सय ३७ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका थिए । त्यस्तै ६३ हजार ७ सय ४१ जनाले २.८५ देखि ३.२० जीपीएसम्म ल्याएका थिए । जीपीए २.४० देखि २.८० सम्म ७६ हजार ५ सय ६४ जना थिए भने २.० देखि २.४० सम्म ९८ हजार २ सय ७, १.६० देखि २.० सम्म ल्याउने ९५ हजार ३ सय ७ रहेका थिए । त्यस्तै ४३ हजार ८ सय ४१ जनाले १.२० देखि १.६० सम्म जीपीए ल्याए थिए भने ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ४ हजार ४ सय २९ रहेको थियाे ।

    नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...