News Portal

  • के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?

    १०७४ पटक

    शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको प्रयोग प्राचीन कालदेखि हुँदै आएको पाइन्छ । गुरू शब्दको शाब्दिक अर्थ हुन्छ सम्पूर्ण यानि जो हामीलाई जीवनको सम्पूर्णतालाई हासिल गर्ने दिशामा अघि बढ्नका लागि हाम्रो पथ ओलोकित गर्ने गर्दछन् । २१ शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन् । तर, मानवीय सम्पर्क तथा दुईतर्फी संवादको भुमिका  समयको साथ अझै धेरै प्रासंगिक हुँदै हामी सामु आइरहेको छ ।

    शिक्षकको भुमिका महत्वपूर्ण
    भलै पश्चिमा देशहरुमा हाल पर्सनलाइज्ड लर्निङ जस्ता संप्रत्ययले लोकप्रियता पाइरहेका छन् साथै आर्टिफीशियल इन्टलीजेन्स माथि मान्छेको विश्वास र भरोसा बढिरहेको छ । तर, यस विषयमा वैज्ञानिकहरुले चेतावनी पनि दिन थालेका छन् कि यस्तो टेक्निक मान्छेहरुका लागि एकदिन ज्यानमारा बन्न पनि सक्छ । यसै सिलसिलामा प्रकाशित एउटा लेखमा मानवीय त्रुटि तथा मूर्खताहरुलाई मानवीय स्वाभावका निम्ति अति आवश्यक भएको बताउँदै यस कुराको वकालत गरिएको छ कि मेशिनहरुमा समेत यस्ता विशेषताहरुको विस्तार गरिनु आवश्यक छ ताकि उसलाई पनि ज्यादा मानवीय बनाउन सकियोस् ।

    बालबालिकाको पहिलो ‘रोल मोडल’ हुन्छ शिक्षक
    गएको वर्ष एकजना अभिभावकले आफ्ना साना बच्चाको लागि विद्यालयमा भएको  चुनाव  वारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए– बालबालिकाको रोल मोडल शिक्षक नै हुने गर्छन् । एकजना बच्चा धेरै मान्छेहरुले आफ्नो शिक्षकको कुरा मानेको देखेर, उनको इशारामा काम गरेको देखेर, नेतृत्व गरेको देखेर भित्र भित्र प्रभावित नभइ बस्नै सक्दैन ।  यस्तोमा आवश्यक छ कि उसको शिक्षक योग्य साथै आफ्नो काम पुरा विशेषज्ञता, तनमन र प्रभावशाली ढंगमा पुरा गरेको होस् ।

    यसको साथ ति शिक्षकले बालबालिकालाई स्नेह तथा आश्वासन देओस् जो उनीहरुलाई भविष्यमा जिम्मेवारी लिन सक्ने, आफ्नो गल्ति स्वीकार गर्न सक्ने र आफ्नो गल्तिबाट सिकेर अगाडि बढ्ने मान्छे बन्न सिकाओस् । जसले गर्दा उनीहरु जीवनमा निरन्तर प्रगतिपथमा लम्किदै आफ्ना सम्भावनाहरुको शिखर छुन सकुन् । एउटा सपनालाई साकार पार्न सकुन् जसलाई मान्छेको सर्वश्रेष्ठ सम्भावनाहरुलाई  वास्तविकतामा बदल्नु भनिन्छ । यस कलाले एउटा शिक्षकलाई खास बनाउछ जसले उ सम्भावनालाई सच्याइमा ढाल्ने कला जानेको हुन्छ । उसले मात्रै छात्रछात्रालाई आफ्नै सन्तान जस्तै स्नेह दिन्छ र चुनौतिहरुको सामना साथै आफैबाट बाहिर निक्लन  संघर्ष गर्ने स्वतन्त्रता दिनेगर्छ ।

    शिक्षक मात्र तलब खाने कर्मचारी होइनन्
    यसको मतलव शिक्षक यस्तो प्रशिक्षक हो जसले ओलम्पिक जस्तै ठूलो प्रतिस्पर्धाको खेलका लागि आफ्ना बालबालिकालाई तयार पारिरहेका हुन्छन् । तर, उसलाई यो पनि थाहा हुन्छ कि यो खेलमा सबै एउटै लक्ष्यमा पुग्ने होइनन् । यिनिहरुमध्ये धेरै राम्रा दर्शक मात्रै बन्नेछन् । यिनिहरुमध्ये यस्ता बच्चाहरुपनि हुनेछन् जसले संगितको दुनियामा आफ्नो नाम राख्नेछन् । यिनिहरुमा यस्ता बच्चाहरुको पनि कमी हुने छैन जो भविष्यमामा शिक्षक बनेर बाँकी बालबालिकाहरुको सपनाहरुलाई साकार गर्ने भुमिका स्वीकार गर्नेछन् । मतलव, एउटा शिक्षक सदैव सम्भावनाको द्वार पार गर्ने व्यक्तिहरुको निर्माणमा समर्पणको साथ लागिरहेको हुन्छ । उ तलवखाने मात्रै काम गर्दैन ।


    एउटा शिक्षक केवल पुरस्कार र पदको आकाङ्क्षी हुँदैन । उ साचो अर्थमा एउटा किसान जस्तै हुन्छ । उ कुनैपनि बिरुवाको भविष्य तय गर्न उसका हरेक परिवर्तनहरुमा आफ्नो भुमिका सहजै पहिचान गर्नसक्छ । भलै, जतिपनि मुस्कील र चुनौतिहरु किन नआउन् । तर, उ आफ्नो मार्गबाट कहिल्यै विचलित हुँदैन । किनकि उसको काम भनेको अध्यारोको बिरुद्धमा लड्नेवाला पीढीलाई भविष्यको अथाह चुनौतिहरुका लागि तयार पार्नु हो । जुन चुनौतिका बारेमा उ अनुमान मात्रै लगाउन सक्छ ।  किनकी ति भविष्यको गहिराइमा हुन्छन् । त्यसैले उ आफ्ना छात्रछात्राका क्षमतामा भरोसा गर्दछ । साथै, उनीहरुलाई आफ्नो जीवनमा संघर्ष गर्न र आफ्ना सपना साकार पार्न उ त्यसको पीछा गर्नका लागि सदैव प्रोत्सहित गरि नै रहन्छ ।

    (एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री)

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...