News Portal

  • गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त बिजयी

    काठमाडौं, १ कात्तिक
    १२५५ पटक
    काठमाडौं, १ कात्तिक

    गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

    निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका हुन् । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

    आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो। बिहीवार राती अबेरसम्ममा नै अन्तिम मतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार मात्र अन्तिम मतपरिणाम आएको हो ।

    प्रतिकृया दिनुहोस्

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...