News Portal

  • अपराधीले राजनीति गर्ने दिन गयो : मन्त्री बाँस्कोटा

    दाेलखा, ५ कात्तिक
    ७६६ पटक
    दाेलखा, ५ कात्तिक

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अपराधीले राजनीति गर्ने जमाना गएको बताएका छन् । अपराधमा संलग्नलाई सरकारले कारवाही गर्न शुरु गरेकोले राजनीतिमा अब अपराधीको कुनै स्थान नहुने उनको जिकिर छ ।

    मंगलवार रेडियो शैलुङको १२ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार राजनीतिबाट अपराध लाई अलग गर्न लागि परेको दावी गरे । सरकार आफ्नो प्रतिवद्धतामा अडिग रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा रेल सञ्चालन भएरै छोड्ने बताए ।

    उक्त अवसरमा प्रतिनिधिसभाका सांसद एवं नेकपा नेता पार्वत गुरुङले आफूलाई फसाउन पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताएका थिए भने पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का लगायतले दोलखालाई पर्यटन गन्तब्य बनाउनु पर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...