News Portal

  • विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण

    जाजरकोट, ६ कार्तिक ।
    ८७५ पटक
    जाजरकोट, ६ कार्तिक ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

    जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण गरिएको हो । आक्रमणबाट नेता आचार्य र सिंहको खुट्टामा चोटपटक लागेको बताइएको छ ।

    आक्रमणपछि नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष दिपबहादुर घर्तीसँग कुरा गर्दै नेता डम्बर सिंहले आफूहरुमाथि आक्रमण गरिएको जानकारी दिएका हुन् । उनले विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ताहरुले निकै अप्ठेरो भिरमा आक्रमण गरेको जानकारी दिए । उनले भने, “लाठी बोकेर बसेका विप्लवका कार्यकर्ताले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै निकै भिरालो ठाउँमा आक्रमण गरे । त्यस्तो भिरालो ठाउँमा हामीले प्रतिवाद गर्ने कुरा भएन । त्यसैले हामी त्यहाँबाट फर्केका छौं ।”

    नेता सिंहले आजै बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम राखेको र त्यसकै लागि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए । विप्लवका कार्यकर्ताले आफ्नो पार्टीका नेता कार्यकर्तालाई देशभर धरपकड गरिएको, गिरफ्तार गरेर जेल राखिएकोले सत्तारुढ दलका नेताहरुलाई गाउँ पस्न नदिने बताएका थिए । साथै उनीहरुले सो क्रममा आफ्नो पार्टीले सरकारी पार्टीलाई गाउँमा कुनै गतिविधि गर्न नदिने पनि चेतावनी दिएका थिए ।

    नलगाढ गाउँपालिका र बारेकोट गाउँपालिकाको सीमा नजिक पर्ने रापानी भिर निकै भिरालो रहेको छ । त्यस क्षेत्रमा अहिले नलगाढ जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणको काम धमाधम चलिरहेको छ ।

    यस्ताे छ बिज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...