News Portal

  • भक्तपुरमा पूर्वराजा विरेन्द्रलाई सम्झदै नेता नेपालले भने – इतिहास बिर्सनु हुँदैन

    भक्तपुर, १० कात्तिक
    १२४० पटक
    भक्तपुर, १० कात्तिक

    पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेकपाका शिर्ष नेता माधव कुमार नेपालले इतिहास विर्सन नहुने बताएका छन् । पूर्वराजा विरेन्द्रको प्रशंसा गर्दै नेता नेपालले नराम्रो व्यवस्थामा पनि राम्रा मान्छे हुने र राम्रा भनिएको व्यवस्थामा पनि नराम्रा मान्छे हुनसक्ने भन्दै इतिहासको सम्मान गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

    भक्तपुरको सृजनानगरस्थित सूर्यनगर टोल विकास समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका नेता नेपालले दुई दिनको जिन्दगीलाई सामाजिक सद्भाव सहित बिताउनुपर्ने र सबैको अस्तित्व स्वीकारेर सह-अस्तित्वको भावनाले रमाइलो गरि बाच्नुपर्ने बताए ।

    कार्यक्रम संचालक रहेका गायक कपिल कस्पालले कार्यक्रममा गाएको गीत यो जन्मभूमीको आगनमा….विकाशको मूल फ़ुटाऔ’ बोलको गीतको प्रसंग निकाल्दै नेता नेपालले राजा विरेन्द्रको विकाशको मूल फुटाउने इच्छाकाे प्रशंसा गरेका थिए । पूर्वराजा बिरेन्द्रले व्यक्तिगत सदिक्षाले काम गरेपनि एकात्मक व्यवस्था त्यतिबेला बिकाशमा बाधक बनेको उनले बताए ।

    नेकपाका नेताहरुले राजतन्त्रले गुमेको गद्दी फर्काउने षड्यन्त्र गरिरहेको बेलाबखत बताइ‌‍‍रहँदा नेता नेपालले भने राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भनेर इतिहास सम्झिरहनुपर्ने र यसबाट झस्केर भाग्न नहुनेमा जोड दिए ।” हामीले हिजोको इतिहास बिर्सिदियौ भने भोली हामीलाई पनि कसैले नसम्झने दिन आउनसक्छ । त्यसैले विगतलाई विर्सनु हुँदैन ।” उनले जिकिर गरे ।

    दुई तिहाइको बलियो सरकार भएकोले यो बेला देशमा बिकाशको मूल फुटाउन सकिएन भने सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा नहुने भन्दै तिनै तहका सरकार विकाशमा केन्द्रित भएर लाग्नुपर्ने नेता नेपालले बताए ।

    ” हाम्रा चाडवाडले जनावर र पशुपंक्षीको समेत पूजा गर्न सिकाएको छ । मानव सभ्यताको बिकाश नेपालबाटै भएको हुनसक्छ । यी पर्वले हामीलाई सबैको अस्तित्व स्वीकारेर अघि बढ्ने प्रेरणा दिएका छन् ।” उनले भने ।

    नेपाल प्राकृतिक र सास्कृतिक रुपमा धनी भएपनि आर्थिक रुपले गरीव भएकाेमा दुख ब्यक्त गर्दै उनले जनतालाइ सपना देखाएर मात्र नहुनेमा जाेड दिए । ” सरकारले गफ कम र काम ज्यादा गरेर देखाउनु जरुरी छ ।” उनले भने ।

    उक्त अवसरमा संघीय सांसद महेश बस्नेतले भक्तपुरको विकाशमा आफू लागिरहेको भन्दै अहिले जति विकाश कहिल्यै नभएको जिकिर गरे । उनले सूर्यनगरमा मात्र आफ्नो प्रयासमा गत वर्ष ४३ लाख रुपियाँको बजेट पारेर काम गरेको खुलासा गर्दै यो वर्ष पनि उक्त रकम बराबरको बजेट पारिदिने आश्वासन दिएका थिए ।

    पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भक्तपुरको विकाशमा आफूले कुनै कसर बाँकी नराख्ने भन्दै हनुमन्ते करिडोरलाई आफ्नो कार्यकालमै सम्पन्न गरिछाड्ने प्रतिवद्धता प्रकट गरे । गत वर्ष हनुमन्ते करिडोरको काम शुरु हुँदा वर्षामा खोला नपसेको बताउदैं उनले यो वर्ष पनि ३ अर्व बढीको बजेट हनुमन्ते करिडोरका लागि परेको जानकारी गराए । कामकाजी मानिसलाई कोटेश्वरको जामले पारेको सास्ती हटाउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना अघि सारिएको खुलासा गर्दै उनले अब केहि वर्षमै जाम एकादेशको कथा बन्ने बताए ।

    कार्यक्रममा प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ, जिल्ला समवन्य समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, वडाध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी, पत्रकार बालकृष्ण बस्नेत लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा पत्रकारसमेत रहेका टोलवासी गोबिन्द चौलागाईले स्वागत मन्तब्य राखेका थिए ।

    गायक कपिल कसपालले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता बालकृष्ण न्यौपानेले गरेका थिए । स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय बालबालिका र आमन्त्रित चर्चित कलाकारहरुले सास्कृतिक प्रस्तुती  देखाउनुका साथै देउसीभैलो खेलेका थिए । उक्त कार्यक्रमको संयोजन उद्घोषक तथा गायक कपिल कसपालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...