News Portal

  • महरालाई जेल पठाउने आदेश दिनु अघि अदालतमा रोशनीलाई बोल्न बन्देज

    भक्तपुर, १८ कार्तिक
    १४४३ पटक
    भक्तपुर, १८ कार्तिक

    साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित भनिएकी राेशनी शाहीलाई सरकारी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे आराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको आराेप सहि नभएको भन्दै खण्डन गर्दै आएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी पनि आफ्नाे नभएको दावी गरेर काठमाडौं जिल्ला अदालतमा निवेदन दिइसकेकी छन । साेमवार पनि उनी अदालतकाे इजलासमा महरामाथि लागेकाे आराेप सहि नभएको बताउन उठेकी थिइन । तर, सरकारी वकिलले कानुनका धारा उल्लेख गरी बाेल्न राेके ।

    साेमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा पक्षका वकिलहरूको बहस सकिनेबित्तिकै शाही इजलासमा पुगेकी थिइन । राेशनी इजलासमा पुगेकाे देखेपछि महराका तर्फबाट बहस गरेका पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उठेर रोशनीलाई आफ्ना कुरा राख्न दिन माग गरे।

    श्रेष्ठले ‘जाहेरीवाली यहीँ आउनुभएको छ श्रीमान्, उहाँलाई आफ्ना कुरा राख्ने मौका दिनुपर्‍यो’ भनेर माग गरे । राेशनी पनि बाेल्न पाइने आशमा उठेर तयार भइन ।

    तर, त्यति नै बेला महराको विपक्षमा बहस गरेका सरकारी वकिल उमाकान्त पौडेलले बाेल्न नपाइने तर्क गरे । पाैडेलले भने, ‘श्रीमान्, आज थुनछेक बहस चलिरहेको हो। हाम्रो बहस नै सकिएको छैन। पीडितको वकपत्र को आफ्नै प्रकृया छ। पीडितलाई त्यही बेला बोल्न दिनुपर्छ । पीडितलाई पछि अदालतले सम्मानजनक तरिकाले वकपत्रका लागि बोलाउँछ त्यसबेलामात्र उहाँले आफ्ना कुरा राख्न पाउनुहुन्छ, श्रीमान् ।’

    सरकारी वकिलले छेकेपछि निरास भएकी चुपचाप बसिन् । दुबै वकिलको कुरा सुनेका न्यायाधीश पाण्डेले बोल्न दिने वा नदिने केही बोलेनन्।

    एकछिन चुप लागेर न्यायाधीश पाण्डेले सरकारी वकिललाई बहस अघि बढाउन इशारा मात्रै गरे।त्यसपछि सरकारी वकिल पाैडेलले महरालाई थुनामै राखेर कारबाही गर्नुपर्ने जिकिर गरे ।

    त्यसपछि न्यायाधीश पाण्डेले महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न कठाेर आदेश दिए। इजलासमा उपस्थित भएका महरा पक्षधर वकिलसहित सबै स्तब्ध भए । न्यायाधीश पाण्डेले अहिलेसम्म आएका तथ्य र प्रमाण हेर्दा महरालाई थुनाभित्रै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भन्दै थुनुवा पुर्जी दिएर डिल्लीबजार कारागार पठाउन आदेश दिए ।

    महरा पक्षका एक वकिलका अनुसार आज यदि महराको पक्षमा जाहेरीवाला राेशनी शाहीलाई नै बाेल्न दिएकाे भए महरा छुट्ने थिए । पीडितले अदालतमै आएर दिएको इन्कारी बयान महराका लागि सबैभन्दा बलियाे प्रमाण हुन्थ्यो । शाहीले यसअघि अदालतमा नै लिखित निवेदन दिएर महराले आफूलाई केही नगरेको बताएकी थिइन्।

    राेशनीले घटनाको तेस्रो दिन असोज १५ गते आफ्ना श्रीमान् चित्रजंग शाहीसहित प्रहरीमा गएर पनि महराले आफूलाई केही नगरेको निवेदन दिएकी थिइन्।

    उनले डिप्रेसनको औषधि खाइरहेकाले बीच-बीचमा फरक कुरा बोलेको भए पनि असोज १५ गते प्रहरीमा दिएको निवेदनलाई नै आफ्नो आधिकारिक धारणा मान्न उनले अनुरोध गरेकी थिइन्।

    निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान गरिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...