News Portal

  • शहर झरेको गाउँलेको १ दिनको ८ अनुभव

    अपरिचित लेखकभक्तपुर, १९ कात्तिक
    १२९३ पटक
    भक्तपुर, १९ कात्तिक

    घटना नं १

    जाजरकोट खलंगा आएर नेपालगन्ज जाने बसको टिकट काटेँ, टिकटमा सिट नं खुलाइएको थिएन । सोचे जस्ले सिट रोज्यो त्यहिँ बस्छ होला । गएर क्यावीन सिट रोजे केहि समयपछि गाडिको स्टाफ आएर आफनो मान्छेले पहिलै रोजेको भन्दै मलाई उठायो र आफनो मान्छेलाई बसाल्यो । म हेरेको हेर्यैँ भएँ । किनकी मैले टिकट काट्दा गाडि रित्तो थियो । म उठदा गाडि प्याक भैसकेको थियो । कसरी पहिलै सिट रोज्यो उसको मान्छेले ? बस चढेँ । बस चढदा रित्तो बस म सिटबाट उठदा खचाखच भैसकेको थियो । उसको पहुँचका अगाडि म निरह भएर उभिए ।

    घटना नं २

    बसले छेडा आएर खाना खाने समय मिलायो सबै गाडिबाट और्लियौँ । उनिहरुको अर्डर भएको होटलमा पस्यौँ । गाडि स्टाप र केहिजना सुकिला मान्छेलाई भित्र गोप्य कोठामा लिएर खाना खुवाइयो । हामी होलसेलवाला बाहिरै भरियौँ । बर्षायामको कर्णालीको पानी जस्तै दाल मात्र दुइ फयाक नकेलाएकोे आलुको तरकारी दुई लहरा साग र थोरै लेदो अचार सहित भोकको पूजा गरियो । म मासंहारी भएको उनीहरुलाई कसरी थाहाँ पाए ? सुटुक्क ल्याएर एक प्लेट कुखुराको मासु पनि राखिदिए । ३ पटक फिर्ता लिनुस् भनेँ सुनेनन् । अन्तत: त्यसको मूल्य पनि दुरुस्तै तिरियो ।

    घटना नं ३

    सिट नजिकै एकजनी बाहुन थरकी युवती बसेकी थिइन् । उनीसंग लामै कुराकानी भयो । कुराकानीका क्रममा नाम र थर सोध्नुभयो मैले– विश्वकर्मा भने । उहाँले शिरदेखि पाउसम्म नजर डुलाएर हेर्नुभयो । तर, त्यसपछि बाेलीकाे रफ्तार बन्द भयाे । मन लाग्दी बोल्नै छाड्नु भयो । मलाई कस्तो कस्तो लाग्यो ।

    घटना नं ४

    बसले नेपालगन्ज पुष्पलाल चोक नजिकै झारी दियो । जानु थियो चारबाहीनी चोक अटो रिक्सा चढेँ चारबाहिनीसम्मा भाडा कति हो सोधेँ मिलाएर दिनु होला भन्यो सोचेँ मिलनशार रहेछ ठिकै त लग्ला । चारबाहीनी पुगेर कति दिउँ भनेर सोधेँ ३ सय भन्यो । म तिन छक्क परेँ मेरो आकलन थियो १ सयको तर ३ गुणा बढि भनेपछि म जंघिए ।

    यसरी भन्नु त भएन नी कहाँ यति महगो.हुन्छ नजिकै त हो । उसले यो पहाडबाट आएको हो यसलाई मुर्गा बनाउनुपर्छ सोच्यो होला रातिको समय हो भनेर जिद्धि गर्न थाल्यो धन्न १ सय ५० मा कुरा मिल्यो र फर्केँ ।

    घटना नं ५

    बिहान अस्पताल चेकअप गराउन पर्चा लिन भेरी अस्पताल पुगेँ अस्पतालको लाइनमा लागे । गरिबहरुका लागि सस्तो र सजिलो लाग्ने भेरी अस्पतालमा मान्छेको भिड हुनु स्वभावीक थियो । भिडको बिचमा भिड छिचोल्दै पर्चा हेल्परलाई बुझाएर बसेँ १० बजे बुझाएको पर्चाको पालो साढे १२ मा आयो करिब ३० जना पछाडि रहेको पर्चा सहयोगिले ६० जना पछि बनाइदियो । मनमा अन्याय भएको महशुस भैइरह्यो भन्न सकिन । किचकिच गर्यो भने झन् अप्ठयारो होला सोचेँ ।

    डाक्टरको हेल्परका रुपमा रहेका गेटपालेहरुले आफना मान्छे र चिनेका मान्छेलाई पहिला पठाउने कुरा त्यति नौलो लागेन । चिनेका मान्छेहरु आए मुश्कुराँउदै सुटुक्क भित्र पठाउथे । मान्छेअनुसारको उनिहरुको ब्यवहार अजिबको थियो । पालेहरुको तमासा भनेर चित्त बुझाँए ।

    घटना नं ६

    डाक्टरसंग चेकअप गराँए भिडियो एक्सरे रगत चेक आदी गर्नु पर्ने भयो । सबै कुराको अभाव मेरो लागि सस्तो र छिटो सेवामा थिए । भिडियो एक्सरे गर्ने ठाँउ गएको पर्सि मात्रै आउनु भन्यो । मसंगैका केहि बिरामीको उतिबेलै गरिदियो । म चुपचाप हेरि रहेको देखेरे आएर कानमा भन्यो तपाँइलाई छिटो चाहिएको छ भने गेट बाहिर फलानो अल्ट्रासाउन्डमा गएर गर्नुस यो चिट लैजानुस छिटै गर्दिन्छ भन्यो । पर्सिसम्मा कुर्नु भन्दा त्यहि उत्तम लागेर स्वीकार गरेँ उसले आफनो सहि सहितको चिट पठायो । गएँ तिन जनापछि पालो आयो तेब्बर रकम तिरेर भिडियो एक्सरे गरेँ ।

    घटना नं ७

    सम्पुर्ण रिर्पाटहरु लिएर ३ बजे डाक्टरकोमा गएँ डाक्टर हतारमा भएकोले त्यहाँ समय दिन सकेनन् उनले ५ बजे निजि क्लिनीकमा बोलाए आफुलाई त्यहि भेटन सकिने नत्र एक हप्ता बिदामा रहने बताए । एकहप्ता कुर्नु भन्दा उतै क्लिनिकमा जाने निधो गरेँ । भेरीमा २० रुपैयाँ तिरेर हेरेको मेरो रिर्पोट ५ सय तिरेर देखाँए । त्यहिँ क्लिनीकबाट औषधी बोकेर फिर्ता भएँ ।

    घटना नं ८

    अस्पताल नजिकै छेऊको एक रेस्टुरेन्टमा खाजा खान गएँ । सुरुमै मिनरल वाटर ल्याएर दियो । रेस्टुरेन्ट हेर्दा राम्रै लागेकोले मिनरल वाटर सर्भिस नै होला भनेर पिइदिएँ । बिल आउँदा पो थाह भयो ३० रुपैया पर्दोरहेछ । कम्तिमा ‘सादा पानी दिउँ कि बोतलको ? भनेर सोधिनु पथ्र्यो भन्ने लाग्यो । हामी जस्ता पहाडबाट शहर झरेकाहरुसित मनग्गे पैसा नहुन पनि त सक्छ ।

    अन्तमाः

    हरेक नागरीक केहि न केहि रुपमा दिनहुँ ठगिरहेको हुन्छ । दलाली हरेक कुरामा देखिन्छ । यी केही अति सामान्य र दिनहुँ भोगिने घटना मात्र हुन् । नेपालमा दलाली गर्नेहरूले मनग्य कमाइरहेका छन् । सोझासाझाहरु पाहिला सार्नासाथ ठगिने अवस्था रहेकाे छ । यसतर्फ कसको ध्यान जानु !

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...