News Portal

  • नेमकिपाका तर्फबाट निरजको उम्मेदवारी दर्ता : फोटो फिचर

    भक्तपुर, २१ कात्तिक
    २११२ पटक
    भक्तपुर, २१ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराएका छन् ।

    केन्द्रीय नेता एवं संघीय सांसद प्रेम सुवालको नेतृत्वमा केन्द्रीय सदस्य एवं भक्तपुरका मेयर सुनिल प्रजापति, प्रदेश सांसद सुरेन्द्रराज गोसाइँ सहितको टोली बाजागाजासहित उम्मेद्वारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

    उम्मेद्वारी दर्ता पछि आयोजित सभालाई सम्बोधन गर्दै नेमकिपाका केन्द्रीय नेता एवं संघीय सांसद प्रेम सुवालले नेमकिपा उम्मेदवार मात्र जनताको असल प्रतिनिधि भएको जिकिर गरेका थिए । उनले निर्वाचनमा सहि उम्मेदवार छान्न सकेमात्र देश र जनताको भलो हुने बिचार व्यक्त गरे ।

    कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रदेस सभामा नेमकिपाले निभाएको भूमिकाबारे प्रकाश पारेका थिए । उक्त अवसरमा उम्मेदवार निरज लावजूले आफू यसपटक निर्वाचित हुने बिस्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...