News Portal

  • लिपुलेकको लडाई : प्रतिपक्षीदेखि सत्तारुढसम्म सडकमा

    भक्तपुर, २२ कात्तिक
    ९११ पटक
    भक्तपुर, २२ कात्तिक

    काठमाडौं, २२ कार्तिक । भारतको व्यवहार विरुद्ध सत्तारुढ दलदेखि प्रतिपक्षी सबै एकैसाथ विरोधमा उत्रिएका छन् । सत्तारुढ दलका भातृसंगठन र प्रतिपक्षी दलका जनवर्गीय संगठनहरुले शुक्रबार भारतीय दुतावास अगाडि प्रदर्शन गर्दै ब्याक अफ इन्डियाको नारा लगाएका छन् ।

    भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा यसरी सबै एकैसाथ प्रदर्शनमा उत्रिएका हुन् । नेपालको सीमा क्षेत्र मिच्ने क्रममा पछिल्लो समय भारतले खुलस्त रुपमा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो । यसअघि कहिले सीमा स्तम्भहरु रातारात सार्ने गर्दै आएको भारतले यसपटक भने नेपालको ठूलो भूमि आफ्नो भन्दै नक्सा नै बदलेर सार्वजनिक गरेको छ । भारतको गृहमन्त्रालयले नै एक नक्सा सार्वजनिक गर्दै नेपालको पश्चिमी क्षेत्रमा रहेको लिपुलेक र कालापानी लगायतको ठूलो क्षेत्र आफ्नो नक्सामा समावेश गरेको छ ।

    भारतको यो व्यवहार विरुद्ध सबै विरोधमा उत्रिएका छन् । नेपाल सरकारले पनि एक विज्ञप्ति जारी गर्दै भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने बताई सकेको छ । साथै सरकारले यस विषयमा कुटनीतिक र राजनीतिक पहल चालिने बताएको छ । तर, सरकारको यतिमात्र भनाईप्रति सत्तारुढ दलकै भातृसंगठनहरु, प्रतिपक्षी दल र आम नागरिक सन्तुष्ट छैनन । भारतको निरन्तर हस्तक्षेपकारी व्यवहारको पछिल्लो कडी यो भएकोले यसका बारेमा संयुक्त राष्ट्र संघमै गएर भए पनि यसको भारतलाई तह लगाउनुपर्ने कतिपयले माग गर्दै आएका छन् ।

    यसैक्रममा शुक्रबार बिहानदेखि विभिन्न दलमा आवद्ध विद्यार्थीहरु लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर धर्ना दिनुका साथै प्रदर्शन गरेका छन्।

    यसैक्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म धर्ना तथा प्रदर्शन गरेको छ । अनेरास्ववियुले अस्कल क्याम्पसबाट सुरु गरेको जुलुस लैनचौर पुगेको थियो । धर्ना बसेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए।

    धर्नापछि आयोजित कोणसभालाई अनेरास्ववियका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए। उनीहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिए।

    ‘भारत हाम्रो छिमेकी हो, हामीले जस्तै उसले पनि आफ्नो छिमेकीको सम्मान गर्न सिक्नुपर्छ’, कोणसभामा संयोजक महरले भने, ‘हामी हाम्रो एक इन्च भूभाग पनि दायाँ बायाँ हुन दिँदैनौँ।’

    कोणसभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले भारतले सीमा मिचेको विषयलाई अनेरास्ववियले अन्तराष्ट्रियकरण गर्ने बताए।

    अनेरास्ववियुले भारतले सीमा मिचेको विषयमा आइतबार पराराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराउने र सोमबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा निवेदन दिने कार्यक्रम तय गरेको छ । भारतले पहिलो पटक सीमा मिचेको नभई पटक–पटक यस्ता गतिविधि गर्दै आएको भन्दै विद्यार्थीहरुले यसलाई अन्तराष्ट्रियकरण गर्ने पनि बताएका छन् ।

    त्यसैगरी शुक्रबार बिहान नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो । त्यस्तैअन्य पार्टी र संघ संगठनहरुले यसको व्यापक विरोध गरेका छन् । विज्ञप्ति मार्फत र सामाजिक सञ्जाल मार्फत धेरैले भारतीय हस्तक्षेपको भत्र्सना गरेका छन् ।

    त्यसैगरी समाजवादी विद्यार्थी युनियनले पनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् ।

    भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै यसबेला देशभर प्रदर्शनहरु भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...