News Portal

  • उत्साहित हुँदै प्रधानमन्त्री ओलीले भने : अभूतपूर्व राष्ट्रिय एकता भयो

    काठमाडौं, २३ कात्तिक
    ९६९ पटक
    काठमाडौं, २३ कात्तिक

    शनिवार सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुराको विषयमा राष्ट्रिय सहमति जुटेको बताएका छन् । नेपालको हो भन्‍ने विषयमा एकमत रहेको भन्दै उनले यो अभूतपूर्व राष्ट्रिय एकता भएको बताएका हुन् ।

    सर्वदली बैठक सकिएपछि प्रधानमन्त्री ओलीले सामाजिक संजालमा ट्विट गर्दै उक्त खुलासा गरे ।

    “लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको छ। सरकारले यही राष्ट्रिय भावनालाई शीरोधार्य गर्दै दृढता र स्पष्टताका साथ कुटनीतिक रुपमा सीमा समस्याको समाधान गर्नेछ।” प्रधानमन्त्रीले ओलीले ट्विट गर्दै भने ।

    भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेपछि देशभर त्यसको विरोध भैरहेको छ । लिपुलेक र लिम्पियाधुरा नेपालको भन्दै भारतको हेपाहा प्रवित्तिलाई जनस्तर बाटै खारेज गरिएको छ ।

    सत्तारुढ र प्रतिपक्षी दलका भात्री संगठन भारतको बिरोधमा एकासाथ सडकमा उत्रिएका छन । प्रधानमन्त्री ओलीले यसमा राष्ट्रिय अवधारणा बनाउन पहलकदमी लिंदै शनिवार साँझ सबै राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतलाई बालुवाटार डाकेर यस बिषयमा परामर्स लिएका थिए ।

    बैठकपछि प्रम ओली ओली उत्साहित देखिएका छन । उनले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग यस विषयमा कुटनीतिक वार्ता गर्ने बताइएको छ । तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्री लगायतले सरकारलाई सुझाव दिएका जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...