News Portal

  • डीपीसंगै नेकपाका सबैजना उम्मेदवार भएको दावी

    भक्तपुर, २६ कात्तिक
    ९९९ पटक
    भक्तपुर, २६ कात्तिक

    नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले एक चुनावी अभियानलाई सम्बोधन गर्दै आफूहरु सबै उम्मेदवार भएको बताएका छन् ।

    चाँगुनारायण-८ मा मंगलवार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ” डीपी ढकाल मात्र उम्मेदवार होइनन । उनीसंगै हामी सबै नेकपाका उम्मेदवार हौँ ।” डीपी ढकालको जीत सिंगो नेकपाको जीत हुने उनले जिकिर गरे ।

    यस अघिको निर्वाचनमा निर्वाचित प्रदेश सांसद एवं आफ्ना प्रिय नेता हरिशरण लामिछानेको निधन पछि टुटेको कडी जोड्न डीपीलाई पार्टीले उम्मेदवार बनाएको र प्रिय नेता लामिछानेको बाँकी सपना पूरा गर्न पनि डीपीको विजय अनिवार्य भएको उनको भनाइ छ ।

    ”डीपी कमरेड प्रिय नेता हरिशरण लामिछाने जत्तिको योग्य र इमान्दार हुनुहुन्छ र उहाँ अहिले पार्टीको जिम्मेवार जिल्ला सचिव हुनुहुन्छ । उहाँ प्रदेश सभामा निर्वाचित भएपछि यस क्षेत्रको विकाश र समृद्धिको यात्रा अघि बढ्ने निश्चित छ । अध्यक्ष देउजाले दावी गरे ।

    चुनाव पार्टी एकताको अग्निपरीक्षा पनि भएको भन्दै अध्यक्ष देउजाले नेकपा कार्यकर्ताहरुलाई चुनावले भावनात्मक एकतामा गासिरहेको र यसले एकताको व्यवहारिक प्रयोगको अवसर भक्तपुरलाई प्राप्त भएको प्रष्ट पारे । पार्टीका जिल्ला सचिवसमेत रहेको डीपी ढकालसंगै पार्टीका प्रत्येक नेता कार्यकर्ता उम्मेदवारकोरुपमा चुनावी मैदानमा भएको भन्दै उनले यस प्रदेश सभामा फेरि पनि सूर्यको झन्डा फहराउने उद्घोष गरे ।

    उक्त अवसरमा उम्मेदवार डीपी ढकालले आफूलाई पार्टीले आदरणीय नेता हरिशरण लामिछानेको उत्तराधिकारीको रुपमा उम्मेदवार बनेको बनाउदै स्वर्गीय लामिछानेका अधुरा सपना पूरा गर्ने प्रतिवद्धता प्रकट गरे । ” आदरणीय नेता हरिशरण लामिछानेको बाँकी सपना पूरा गर्ने र समृद्ध भक्तपुर र सुखी भक्तापुरबासीको पहिचान हासिल गर्न इमान्दारीताका साथ् काम गर्ने कुरामा म प्रतिवद्ध छु ।” उनले भने ।

    तत्कालिन जनयुद्धमा लागेर शहादत प्राप्त गरेका चाँगु-८ का रमेश अधिकारीको स्मरण गर्दै उनी भावुक समेत बने । आफैले जनयुद्धमा सामेल गराएका अधिकारीको कसम खाँदै उनले आफू शहिदले देखेको समृद्धिको सपना पूरा गर्न र यस क्षेत्रको समग्र बिकास गर्न अहोरात्र लागिपर्ने बताए । उक्त अवसरमा उनले नेकपाको सरकारले आर्थिक विकास र सुशासनको क्षेत्रमा तिब्र प्रगती गरेको प्रमाण पेश गरेका थिए । राष्ट्रियताको सवालमा पनि भर्खरै राष्ट्रिय एकता कायम गरी आफ्नो एक इन्च जमिन कसैलाई मिच्न नदिने हुङ्कार गरेको स्मरण गर्दै उनले पार्टीप्रति आस्थावान जनसमुदाय नै पार्टीको शक्ति भएको भनेका थिए ।

    कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज लगायतले भक्तपुरको उपनिर्वाचनमा पार्टीलाई बिजयी बनाउन आह्वान गरेका थिए ।

    मङ्सिर १४ गते भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ (चाँगुनारायण क्षेत्र ) मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुदैछ । उपनिर्वाचनमा १० दल सहित उत्तिकै संख्यामा स्वतन्त्र उम्मेदवार सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...