News Portal

  • नेकपा र काँग्रेसका उम्मेदवार अयोग्य : सांसद गोसाईं

    भक्तपुर , २८ कात्तिक
    १६६६ पटक
    भक्तपुर , २८ कात्तिक

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले उपनिर्वाचनका लागि नेकपा र काँग्रेसका उम्मेदवारहरु योग्य नभएको बताएका छन् ।

    उपनिर्वाचनको तयारी स्वरुप पार्टीले गरेको एक कार्यक्रममा उनले उपनिर्वाचनका लागि टिकट पाएका नेकपा र नेपाली काँग्रेसका दुवै उम्मेदवार योग्य नभएको जिकिर गर्दै नेमकिपाका उम्मेदवार निरज लवजूको जीत हुने दावी गरे ।

    नेकपा र नेपाली काँग्रेस लगायतका दलहरु अयोग्य सावित भैसकेकाले उनका उम्मेदवार स्वत: अयोग्य भएका उनको भनाइ छ ।

    सांसद गोसाईंले संघीय सरकारमा जस्तै प्रदेश नं. ३ मा पनि नेकपाबाटै सरकार रहेपनि अझैसम्म प्रदेशको राजधानी र नाम समेत टुंगो लाग्न नसकेको भन्दै आलोचना गरे ।

    ”नेकपाका सांसदहरु निकम्मा र नेपाली काँग्रेसक सांसद लाचार सावित भइसकेका छन् । त्यसैले, नेमकिपाका उम्मेदवार निरज लवजूलाई प्रदेश सभामा पठाउनुपर्छ ।” उनले भने ।

    उक्त अवसरमा नेमकिपाका उम्मेदवार निरज लवजूले अरु दलका उम्मेदवारले जिते व्यक्ति जित्ने तर आफूले जिते जनता जित्ने जिकिर गरेका थिए । आफ्नो पार्टी सधै जनताको पक्षमा काम गरिरहेको भन्दै लवजूले आफू जनताको सेवक हुन उम्मेद्वारी दिएको दावी गरे ।

    कार्यक्रममा नेमकिपाका नेता रवीन्द्र ज्याख्व लगायतले जनताले सचेत भएर मतदान गर्न जरुरी रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...