News Portal

  • मोबाइल नकिन्दिएको झोकमा निस्किएका कम्प्युटर इञ्जिनियरिङ्का विद्यार्थी मृत फेला

    भक्तपुर, २८ कात्तिक
    १३५८ पटक
    भक्तपुर, २८ कात्तिक

    चाँगुनारायणको दुवाकोटका एक २३ वर्षिय युवक मृत फेला परेका छन् । ३ दिनदेखि घरबाट हराइरहेका उनी मृत फेला परेका हुन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार उनको शव मंगलवार साँझ कमलविनायकस्थित एक पोखरीमा फेला परेको थियो । परिवारले बुधवार शव बुझेको थियो । पोस्ट मार्टम पछि उनलाई अन्तिम सस्कारको लागि विहीवार आर्यघाट पुर्याइएको छ ।

    परिवारका एक्ला छोरा उनी कम्प्युटर इञ्जिनियरिङ्गका विद्यार्थी समेत थिए । घरमा मोबाइल किन्ने विषयमा असन्तुष्ट हुँदा उनी घर छोडेर बाहिरिएका बताइएको छ । पारिवारिक श्रोतका अनुसार २०-२२ हजारको मोबाइल नकिन्दिए कलेज नै नजाने भन्दै उनी घर छोडेर हिंडेका थिए । एक्लो छोराको निधनले परिवार शोकमा डुबेको छ । परिवार शोकमा रहेको कारण परिचय गोप्य राखिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...