News Portal

  • महराको दुर्व्यवहार सम्बन्धी समाचार सार्वजनिक गर्ने पत्रकार शिवाकोटी सम्मानित

    भक्तपुर, २९ कात्तिक
    ८०६ पटक
    भक्तपुर, २९ कात्तिक

    पूर्व सभामुख कृष्ण बहादुर महराको दुर्व्यवहार सम्बन्धी समाचार सार्वजनिक गरेर चर्चामा आएका पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले उनलाई उक्त पुरस्कार दिएको हो ।

    राजधानीमा शुक्रवार एक बिशेष कार्यक्रमका बीच शिवाकोटी सम्मानित भएका थिए । उनलाई १ हजार डलर सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । पत्रकार शिवाकोटी हाम्राकुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव समेत हुन् ।

    जीवनमा पहिलो पटक पुरस्कृत भएको भन्दै शिवाकोटीले खुशी व्यक्त गर्नुका साथै बिहिवार सिभिल अस्पतालमा ज्यान गुमाएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई आफूले पाएको पुरस्कारबाट २५ हजार सहयोग गर्ने घोषणा समेत गरे ।

    मानवअधिकारवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तथा इन्जाका सल्लाहकार तारानाथ दाहाल,लेखनकुञ्जका अध्यक्ष कमल ढकाल र कार्यक्रमका सभापति पत्रकार टंक पन्त लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...