News Portal

  • प्रधानमन्त्री ओलीले ल्याए मन्त्रीमण्डलमा ९ नयाँ अनुहार

    इभक्तपुर संवाददाता
    ६७३ पटक

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका केहि मन्त्रीहरु फेरिएका छन् ।

    मन्त्रीमण्डलमा ९ जना नयाँ अनुहारले त्यति नै संख्यामा पुराना मन्त्रीलाई प्रतिस्थापन गरेका छन् । छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका हुन् । नेताहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, पार्वत गुरुङ, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र लेखराज भट्ट मन्त्री पदसहित सरकारमा सामेल हुने भएका छन् भने मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीको हैसियतमा सरकारमा सामेल हुने भएका छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै मन्त्रिमन्डल हेरफेर गरेकी छन । विहीवार विहान उनीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

    मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल रहेका छन् भने राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्रकुमार यादवले पनि बाहिरिएका बताइएको छ ।

     मन्त्रिपरिषद्मा नया कार्यविभाजन हेर्नुस

    १ श्री केपी शर्मा ओली प्रधानमन्त्री
    २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
    ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला
    ४ श्री रामबहादुर थापा मन्त्री गृह
    ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
    ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
    ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
    ८ श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
    ९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
    १० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    ११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    १२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    १३ श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण
    १४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    १५ डा. युवराज खतिवडा मन्त्री अर्थ
    १६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
    १७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
    १८ श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
    १९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    २० श्री बीना मगर मन्त्री खानेपानी
    २१ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
    २२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
    २३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    २४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    २५ श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...