News Portal

  • सरकारमा महेश बस्नेतको अझै सम्भावना : शहरी विकास मन्त्री बन्दै बस्नेत

    भक्तपुर, ६ कात्तिक
    २७८४ पटक
    भक्तपुर, ६ कात्तिक

    भक्तपुरका सांसद महेश बस्नेत मन्त्री नभएको कुराको चिया चर्चा सेलाउन नपाउदै उनी मन्त्री बन्ने अर्को सम्भावना सतहमा आएको छ । उपप्रधान सहित स्वास्थ्य मन्त्री रहेका संघीय समाजबादीका उपेन्द्र यादवलाई उनको सहमति बिना कानुन मन्त्रालयमा सारिएकाले उनको पार्टीले सरकार छाड्ने सम्भावना बढेसंगै बस्नेतको मन्त्री हुने सम्भावना पनि बढेको बताइएको छ ।

    विदेश भ्रमणमा रहेका संघीय समाजबादीका नेता उपेन्द्र यादव र उनको दलसंग परामर्स नै नगरी प्रधानमन्त्रीले उनको मन्त्रालय फ़ेरिदिएका छन् । त्यतिमात्र होइन, उक्त पार्टीको भागमा परेको २ राज्यमन्त्रीलाई पनि प्रधानमन्त्रीले पदमुक्त गरिदिएका छन् । ‘यस्तो अवस्थामा संघीय समाजबादीले सरकार छोड्ने पक्का छ । त्यो संगै २ मन्त्रालय खाली हुनेछ र नेकपाका २ जना पुन: मन्त्री बन्ने बाटो खुल्नेछ ।” श्रोतले बतायो ।

    श्रोतका अनुसार महेश बस्नेत उपेन्द्र यादवको ठाउँमा नभएर अर्का नेता मोहम्मद इस्तियाक राइको ठाउँमा मन्त्री बनाइदैछन । इस्तियाक यतिबेला शहरी बिकाश मन्त्री रहेका छन् । बुधवार विस्तारित मन्त्रीमण्डलमा महेश बस्नेतलाई भौतिक योजना तथा यातायात मन्त्री बनाउने पक्का भएपनि अन्तिम समयमा उनको नाम झिकिएको थियो । पूर्वेली नेताहरुले राष्ट्रपतिलाई पनि प्रभावमा पारि बस्नेतलाई रोकेका थिए । प्रधानमन्त्रीबाट बस्नेतको नाम गएपनि राष्ट्रपतिबाट रोकेर नेम्बाङ्गलाई उक्त मन्त्रालय दिलाइएको श्रोतको दावी छ ।

    खासगरी पार्टीका प्रभावशाली नेता सुवास नेम्बाङ्गको पहलमा वसन्तकुमार नेम्बाङलाई उक्त मन्त्रालय दिलाएपछि महेशको भाग खोसिएको थियो । श्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेलले खेलकुद मन्त्री बन्न अफर गरेपनि बस्नेतले अस्वीकार गरिदिएका थिए । उनी पहिल्यै उद्योग मन्त्री रहेकाले काम हुने मन्त्रालयमा उनको रुची रहेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बस्नेतको चुनावी सभालाई सम्बोधन गर्दै उनलाई चुनाव जिताए आफूले मन्त्री बनाइदिने बचन दिएका थिए । भक्तपुरका भोटर समेत रहेका ओलीले मन्त्री बनाउने बचन दिएपछि उत्साहित उनका समर्थकले पहिलो पटक भक्तपुर २ बाट महेश बस्नेतलाई बिजयी बनाएका थिए । नेपाली काँग्रेसका हेभी वेट उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत सांसद भएपछि प्रधानमन्त्री ओली निकट मानिएका बस्नेत पहिले नै मन्त्री बन्ने कुराले बजार तताएको थियो । तर, बुधवारको मन्त्रीमंडल पुन:गठनमा समेत उनी नपरेपछि प्रधानमन्त्री ओली र सांसद बस्नेतको सम्बन्ध बिग्रिएको विषयले पुन: भक्तपुरमा चियाचर्चा पाएको देखिन्छ ।

    तर, नेकपाका एक सचिवालय सदस्यले भक्तपुर पोस्टलाई बताए अनुसार महेश बस्नेत मन्त्री बन्ने पक्का रहेको छ । भौतिक योजना मन्त्रालयको इच्छा राखेका बस्नेतले उस्तै प्रकृतीको शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेपनि यदि उपेन्द्र यादवको पार्टीले सरकार नछोडेमा ३ महिना पछि उनलाई मन्त्री बनाउने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच सहमती भएको सूचना प्राप्त भएको छ । विहीवार प्रदेश सभा सदस्यको लागि हुनगैरहेको उपनिर्वाचनमा पार्टी उम्मेदवार डीपी ढकालको घरदैलो कार्यक्रममा आएका पार्टीका संगठन बिभाग प्रमुख समेत रहेका प्रभावशाली नेता बामदेव गौतमले अब पहिलो नम्बरमा बस्नेत मन्त्री बन्ने ठोकुवा गरेबाट पनि महेश बस्नेतको मन्त्री बन्ने सम्भावना नसकिएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...