News Portal

  • उपचार गर्न आएकी बिरामीमाथि बलात्कार प्रयासको आरोपमा डाक्टर पक्राउ

    भक्तपुर, ९ मङ्सिर
    ११५७ पटक
    भक्तपुर, ९ मङ्सिर

    विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् ।

    पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर रहेका छन् । झा थर भएका डाक्टरमाथि एक युवतीले आफूलाई अस्पतालमै बलात्कार प्रयास गरेको जाहेरी दिएपछि पक्राउ गरिएको ललितपुर प्रहरीले पुष्टि गरेको छ ।

    उपचार गर्न केहि दिन अघि अस्पताल पुगेकी पिडित युवतीले डाक्टर झाबाट बलात्कारको प्रयास भएको भन्दै उजुरी दिएपछि सोमवार प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका झा उक्त अस्पतालका जनरल फिजिसियन हुन् । उनलाई सोमबार साझ पक्राउ गरिएको ललितपुर प्रहरीको भनाइ छ ।

    प्रहरीले अनुसन्धान शुरु गरेको र अहिले नै दोषी ठहर नभैसकेका कारण पीडक भनिएका डाक्टरको नाम गोप्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...