News Portal

  • अनसनको तयारीमा अध्यक्ष प्रचण्ड

    भक्तपुर, ११ मङ्सिर
    ९७९ पटक
    भक्तपुर, ११ मङ्सिर

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीविरुद्ध आफै आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

    नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणको कामलाई ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आह्वान गर्ने र कारबाही नभए आफैं अनशन बस्ने बताए ।

    मधेससँग आफ्नो लभ परेको उनले बताउंदै विकासमा ढिलाई गर्ने र आफ्ना लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने उनले बताए । ‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु’, उनी भन्यछन् ‘यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ ।

    अध्यक्ष प्रचन्डले कार्यक्रम बताए अनुसार तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको हो । यो प्रक्रियामा अवरोध आएमा जनातासंगे आन्दोलनमा बस्ने बताएका छन् ।

    बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिनका साथै सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाइ समस्या समाधान गर्ने उनले बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...