News Portal

  • आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भएको भन्दै शुभेच्छुकलाई प्रम ओलीको धन्यवाद

    भक्तपुर,१२ मङ्सिर
    ५९२ पटक
    भक्तपुर,१२ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको आज तेस्रो दिन हो । अस्पतालले उनको स्वास्थ्यमा थप सुधार देखिएको जानकारी दिएको छ ।

    बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत प्रम ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखी शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

    महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार भई रहेको छ । आईसीयूमा उपचाररत् प्रम ओलीले धर्मपत्नी राधिकाका साथै केही सीमित व्यक्तिसँगमात्र भेटघाट गरेका छन् ।

    सचिवालयका सदस्य रामशरण बजगाईले बताए अनुसार प्रम ओलीले आज बिहानदेखि सामाजिक संजालमा व्यक्त प्रतिक्रियाहरु हेरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ...

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र...

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक...

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको...